बारा । सुवर्ण गाउँपालिका–३ बक्तौरा नहरबाट अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

कपिलवस्तु । नेपाली कागे्रस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सूरुवात गरेको पालिका संवाद कार्यक्रम शुक्रबारदेखि कपिलवस्तुमा सुरू भएको छ ।

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडी बढेको छ । `

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित निर्माणाधीन भवनको बिहीबार भ्रमण अवलोकन गरेका छन् ।

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलिको १०० दिने काम पुर्ण रुपमा असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै भएको बताएका छन् ।

धनुषा । गणेशमान चारनाथ नगरपालिका–७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् ।

मोरङ । पथरीशनिश्चरे नगरपालिका–१ गोसलाईन बस्ने ५९ वर्षीय एकराज भन्ने आईतहाङकेदेन लिम्बुको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

बारा । पचरौता नगरपालिका–३ रामनगरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

रूपन्देही । आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा देवदह नगरपालिका–९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् ।

रौतहट । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् ।

बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राकेश यादव, रौतहट । जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ स्थित लालबकैया पुल नजिकबाट प्रहरीले नक्कली घुमुबा प्रहरी भन्ने एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

दुबई (युएई) । मधेशी एकता समाजले दुबईमा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानका साथै संस्थापक सदस्य र कोषाध्यक्ष अनिल साहलाई बिदाई गरेको छ ।

राजविराज । दसैंको अवसरमा सप्तरीको छिन्नमस्तामा जारी तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिका टिमले हात पारेको छ ।

सप्तरी । सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने भएको छ।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार रु ५१ लाख हस्तान्तरण गरेको छ ।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरु ‘बेइमान’ भएको टिप्पणी गरेका छन् । राजनीतिक दलहरु मुलुक र जनतासंग गदारी गरेको आरोप उनले लगाए ।

काठमाडौं । नेपालमा हालै अबिरल वर्षाका कारण भएका जनधनको क्षतिमा चीन सरकारले गरेको सहयोगको बौद्धिक व्यक्तित्वहरुले आलोचना गर्न थालेका छन् ।

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । उनले हर्ष उल्लासका साथ दशैँ मनाउन कुनै पनि नेपालीले कुर्नु नपरोस् भनी कामना गरेका हुन् ।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्राकृतिक स्रोतसाधनको जथाभावी दोहन नरोकिए नेपाल मरुभूमि बन्न सक्ने बताएका छन् ।

काठमाडौं । पर्सा जिल्लाको पोखरीया नगरपालिका अर्थात जिल्लाको दोश्रो सदरमुकामको रूपमा परिचित पोखरीयामा भइरहेको आन्दोलनप्रति राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ऐक्यबद्धता जनाएको छ ।

ट्रेन्डिङ