कपिलवस्तु । शिवराज नगरपालिका–२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लजबाट करिब ६ फिट लम्बाईको पाटेबाघको जस्तो देखिने छाला सहित रूपन्देही बुटवल उपमहानगरपालिका–५ गोलपार्क बस्ने ४१ वर्षीय बिष्णु प्रसाद भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पर्सा । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कैलाली । जानकी गाउँपालिका–२ खैरेनीटोलस्थित सडकमा सु.प.प्र.०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक एवं जनतामाझ प्रस्तुत कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।
काठमाडौं । जाम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक भोली (सोमबार) बस्दैछ। काठमाडौंको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्ने बैठकले आगामी आन्दोलनका बारेमा विभिन्न निर्णय गर्ने बताइएको छ।
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका निजि शैक्षिक सस्थाहरुको समस्या समाधान गर्न राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले आग्रह गरेका छन् । निजि शैक्षिक संस्थाका संचालकहरुले केही दिनदेखि विद्यालय बन्द घोषणा गरेका छन् ।
काठमाडौं । राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयद्वारा काठमाडौंमा आयोजित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सडकमा मञ्च बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता फैलाएको टिप्पणी गरेका छन् ।
काठमाडौं । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
पर्सा । वीरगंज महानगरपालिका–१६ बाईपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्रामसहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौं । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।
सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सर्लाही जिल्लाको संग्रामपुर स्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको पुर्ण उत्खनन, संरक्षण तथा पुनर्निर्माण सहितको पर्यटकीय पुर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गर्नुपर्ने बताएका छन् ।
राकेश यादव, रौतहट । राजपुर नगरपालिका वडा नम्बर ६ मा चुनावी सरगर्मी बढेको छ । मङ्सिर १६ गते स्थानीय तहको हुने उपनिर्वाचनको लागि राजनितिक दलका नेता कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा होमिएपछि चुनावी माहौल बनेको हो ।
काठमाडौं । ससङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् ।
जनकपुरधाम । जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक तथा मेला भर्न आउनेहरूका लागि सुविधाजनक बनाउन मधेश प्रदेश सरकारले सरोकारवालाहरूसँग छलफल गरेको छ ।
काठमाडौं । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ ।
धनुषा । धनुषाधाम नगरपालिका–३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचार विरुद्ध मधेश यात्रा’ पूर्णरुपमा सफल भएको बताउदै छिटै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन् ।
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।
कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ दल नेकपा (एमाले)ले सडकमा शक्ति प्रदर्शन गर्नुभनेको ‘कही नभएको जात्रा हाडी गाउँ’मा भनेझै भएको टिप्पणी गरेका छन् ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।