काठमाडौं, १४ चैत । काठमाडौंकेन्द्रित आन्दोलन थालेका मिटर ब्याजपीडितहरुको समस्या समाधानका लागि मधेश प्रदेशका निर्वमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन् ।
विराटनगर, १४ चैत । कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलनरत् पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
कपिलवस्तु, १४ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन् ।
काठमाडौं, १४ चैत । मधेशबाट पैदर हिंडेर न्यायका लागि गुहार लगाउन काठमाडौं आएका मिटरब्याजपीडितहरुसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।
जनकपुरधाम, १४ चैत । आस्थाको महान पर्व चैती छठ उल्लासका साथ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न भएको छ ।
मोरङ, १४ चैत । रंगेली नगरपालिका–२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रेमचन्द्र झा, रौतहट, १४ चैत । सदरमुकाम गौरस्थित गौरी शंकर यादव म्याम्पसले विविएस चौथो बर्षको परीक्षा चिट चोराउन मात्र होइन डकैति गर्न नै छुट दिइरहेका छन् ।
काठमाडौं, १३ चैत । नेपाल सरकार, भाषा आयोगका नवनियुक्त अध्यक्ष डा. गोपाल ठाकुर तथा सदस्य डा. पुष्करराज भट्टले शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।
काठमाडौं, १३ चैत । मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको विरगंज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ ।
विराटनगर, १३ चैत । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
जनकपुरधाम, १३ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, सद्भावन पार्टीले आपसी सहकार्य गर्ने अठोट गर्दै लोकतान्त्रिक मधेशी मोर्चा गठन गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम, १३ चैत । ‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ काठमाडौं वर्ल्ड स्कुलले सुरु गरेको ‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको छ ।
शिवा शर्मा, बर्दिया, १३ चैत । आजभोलि सिता कुमारी थारुको दिनचर्या परिवर्तन भएको छ । उहाँको दिनचर्या परिवर्तन हुनुमा बालबालिकाको सपना परियोजनाको ठुलो भुमिका रहेको कुरा उहाँले सबैलाई बताउने गर्नु हुन्छ ।
पर्सा, १३ चैत । कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेशसहित पक्राउ गरिएको छ ।
काठमाडौं, १३ चैत । संविधानसभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् ।
जनकपुरधाम, १२ चैत । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन मिश्रित प्रणालीमा नभएको भन्दै जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट विद्यार्थी संगठनहरुले उच्च अदालत, जनकपुरमा मुद्दा दायर गरेका छन् ।
प्रेमचन्द्र झा, रौतहट, १२ चैत । ।गरुडा नगरपालिकाले मागे जतिको सूचना उपलब्ध गराएपछि दीपक यादवले आमरण अनसन तोडेका छन् ।
कपिलवस्तु, १२ चैत । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
धनगढी, १२ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफूले संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन कार्य गर्ने बताएका छन्।
कमल राज पौडेल देबकल, बर्दिया, १२ चैत । तीन सन्तानका बाबु नन्दलाल भारतीलाई ठकुरबाबा नगरपालिका वडा न. ६ मोतीपुर गाँउका सबै गाउँलेहरुले नमुना हजुरबुवा भनेर चिन्ने गरेका छन ।
काठमाडौं, १२ चैत । कोशी प्रदेश नामाकरणको विरोधमा भएको प्रदर्शनमा लाडीचार्जबाट घाइते भई मृत्यु भएकाप्रति जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं सांसद अशोक राईले सरकारको ध्यानाकर्षण गराएका छन् ।
रूपन्देही, १२ चैत । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीका मन्त्रीहरुले राजीनामा दिएका छन् ।