रूपन्देही, २२ चैत । देवदह नगरपालिका–२ ढेकावारस्थित प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २१ चैत । मधेश प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेका मन्त्रीहरूले मधेश प्रदेश सरकारबाट सामूहिक राजीनामा दिएका छन् ।
शिवा शर्मा, बर्दिया, २१ चैत । गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा र संचारीका समूह नेपाल बर्दियाको आयोजनामा “स्थानीय सूचनामा महिलाहरुको पहुँच कसरी बढाउने ” भन्ने विषयमा १ दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
रौतहट, २१ चैत । चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ना.६ ख २३७९ नम्बरको ट्रक चालक धनुषा मिथिला नगरपालिका–११ बस्ने ५० वर्षीय डम्बर बहादुर योञ्जनको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।
काठमाडौं, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले मंगलबार मनोनयन दर्ता गरेको छ ।
विराटनगर, २० चैत । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङद्वारा जिल्ला सहकारी संघ लि. मोरङले आयोजना गरेको ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ को उद्घाटन भएको छ ।
बाँके, २० चैत । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषणा भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिएका छन् ।
काठमाडौं, २० चैत । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्ने बताएका छन् ।
कपिलवस्तु, २० चैत । बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित सडकमा लु.७९ प ३६६० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
कलैया, २० चैत । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट एवं मधेश विरोधीहरुलाई उपनिर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, २० चैत । मधेशी आयोगले विगत एक दशकदेखि हालसम्म विभिन्न धर्मसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन तथा अनुसन्धान गर्नका लागि एक स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको छ ।
काठमाडौं, २० चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ ।
काठमाडौं, २० चैत । आसन्न उपनिर्वाचनको बारा निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनता समाजवादी पार्टी नेपाललाई समर्थन गर्ने भएको छ ।
काठमाडौं, १९ चैत । राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ ।
काठमाडौं, १९ चैत । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले गोरखा संग्रहालय मधेशमा पनि विस्तार गर्न आग्रह गरेका छन् ।
काठमाडौं, १९ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा २ मा जनमत पार्टीले जसपालाई सघाउने दाबी गरेका छन् ।
काठमाडौं, १९ चैत । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसले बारा २ मा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
रौतहट, १९ चैत । देवाही गोनाही नगरपालिकाका नगरप्रमुखको नामबाट विद्यालय शिक्षा परीक्षा (एसइई) को गणित विषयको परीक्षा दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
काठमाडौं, १९ चैत । मधेशी एकता समाज युएईको आयोजनामा शनिबार दुबईको अल–सफा पार्कमा मुस्लिम धर्मालम्बीहरुको रमजान पर्बको “बृहत् इफ्तार कार्यक्रम“ भब्यताका साथ सम्पन्न गरिएको छ ।
काठमाडौं, १९ चैत । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन् ।
पोखरा, १९ चैत । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ ।
रुपन्देही, १८ चैत । नेपाल पत्रकार महासङ्घले नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चितता सहितको प्रेसमैत्री कानुन निर्माणको माग गरेको छ ।
काठमाडौं, १८ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।