सुनसरी, ३ बैशाख । दुहबी नगरपालिका–१ प्राष्टोकीस्थित भित्री सडकमा प्रदेश १–०२–००३ त २५८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बाँके, ३ बैशाख । लेनदेन मुद्दाको फरार प्रतिवादी राप्तीसोनारी गादछपालिका–८ बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३ बैशाख । बारा २ को उपनिर्वाचन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ भन्दा पनि बढी मतले पराजित हुने दाबी जनमत पार्टीका नेता बीपी साहले गरेका छन् ।
काठमाडौं, ३ बैशाख । राष्ट्रपतिबाट सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ मानपदवी बाट विभूषित भएका छन् ।
काठमाडौं, ३ बैशाख । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बैशाख १० को उपनिर्वाचनपछि मधेश प्रदेशका मुख्यमन्त्रीको बहिर्गमन हुन लागेको दाबी गरेका छन् ।
कैलाली, ३ बैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसियु (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङ, २ बैशाख । सुनसरी धरान उपमहानगरपालिका–५ पानवारा बस्ने २४ वर्षीया एलिसा भन्ने योङसोन लिम्बु राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
रौतहट, २ बैशाख । रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
कपिलबस्तु, २ बैशाख । शिवराज नगरपालिका–११ भदौखर्कस्थित रुकु बढईको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
मोरङ, २ बैशाख । रंगेली नगरपालिका–३ आमतोलास्थित सडकमा प्र १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
रुपन्देही, २ बैशाख । देवदह नगरपालिका–१ भवरावारीमा लु.१ ह ३८१४ नम्बरको अटो र लु.५२ प ५०३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मोरङ, २ बैशाख । विराटनगर महानगरपालिका– १५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
बारा, १ बैशाख । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले आफ्नै माटोसँग जोडिएको उम्मेदबार नजिते विकास नहुने बताएका छन् ।
बारा (पचरौता), १ बैशाख । बारा क्षेत्र नं. २ का उम्मेदबार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले दुईदुई पटक संसद विखटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन् ।
रौतहट, १ बैशाख । गढिमाई नगरपालिका–३ स्थित लक्ष्मीपुर घाटमा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा सोही ठाउँ बस्ने रसिद अन्सारीकी छोरी ११ वर्षीया अफ्रिदा नेसाको शुक्रबार बिहान मृत्यु भएको छ ।
पर्सा, १ बैशाख । वीरगंज महानगरपालिका–३१ कटगेलवामा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
महोत्तरी, १ बैशाख । बर्दिबास नगरपालिका–८ स्थित हात्तीलेटको जगंलबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।
बाँके, १ बैशाख । नेपालगंज उपमहानगरपालिका–२० स्थित बाँके बिमानस्थलबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, १ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
बारा, १ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडौं, १ बैशाख । दक्षिण कोरियन पूर्वमन्त्री डा.ली नामकी र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् ।
कपिलवस्तु, ३० चैत । कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं ३ झण्डानगरमा रहेको जामिया सिराजुलउलुम मदरसामा साउदी अरबको सहयोगमा इफ्तारी कार्यक्रमलाई निरन्तरता दिदै आइएको छ।
काठमाडौं, ३० चैत । नेपालीहरुको नयाँ वर्ष २०८० को उपलक्ष्यमा हिन्दू परिषद् नेपाल उपत्यका कमिटीले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
बारा (करैयामाई), ३० चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् बारा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।