बाँके, १२ बैशाख । बैजनाथ गाउँपालिका–२ डिगिया बस्ने खगेन्द्र बस्नेतकी छोरी ६ वर्षीया पूर्णिमा बस्नेतको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

धनुषा, १२ बैशाख । जनकपुर उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित एक महिला पक्राउ परेकी छन् ।

कैलाली, १२ बैशाख । कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

रौतहट, १२ बैशाख । अपहरण, शरिर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १२ बैशाख । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् ।

बारा, १२ बैशाख । बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

काठमाडौं, १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित जीत नजिक पुगेका छन् ।

काठमाडौं, १२ बैशाख । आठौँ भूकम्प स्मृति दिवसका अवसरमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले भूकम्पीय जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।

तनहुँ, १२ बैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।

दिनेश ठाकुर, नेपालगन्ज, ११ बैशाख । नेपालगन्जका व्यवसायी मख्खन धामीले मुस्लिमहरुको मुख्य पुर्व इद उल फित्रको अवसरमा सामाजिक कार्य गरेका छन् ।

बारा, ११ बैशाख । बारा २ को उपनिर्वाचनको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः अग्रता बनाएका छन् ।

बारा, ११ बैशाख । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई उछिन्दै जनमत पार्टीका शिचन्द्र प्रसाद कुशवाहाले अग्रता बनाएका छन् ।

बारा, ११ बैशाख । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

बारा, ११ बैशाख । बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना ११ बजेदेखि सुरु हुने भएको छ ।

तनहुँ, ११ बैशाख । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतान्तरले अग्रता बनाएका छन् ।

महोत्तरी, १० बैशाख । मटिहानी नगरपालिका वडा नं ६ मटिहानीमा रहेको जरलहवा गाछी बस्तिमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ ।

रुपन्देही, १० बैशाख । विश्व प्रयोगशाला दिवसको अवसरमा भैरहवामा आइतबार जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।

काठमाडौं, १० बैशाख । आइतबारका लागि निर्धारित बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ ।

मोरङ, १० बैशाख । उर्लाबारी नगरपालिका–५ बस्ने ३८ वर्षीय खडग बहादुर बिकको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

सिरहा, १० बैशाख । बरियारपट्टी गाउँपालिका–५ कजरा चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगबाट मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको छ ।

कैलाली, ९ बैशाख । गोदावरी नगरपालिका–५ गेटास्थित सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको स्कोर्पियो दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

कपिलवस्तु, ९ बैशाख । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पर्सा, ९ बैशाख । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

ट्रेन्डिङ