कमल राज पौडेल देबकमल, बर्दिया, १७ बैशाख । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले नेपालमा आदर्श र नैतिकताविहीन नेताहरु रहेको कुरा बताएका छन् ।

बारा, १७ बैशाख । राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना भत्काउन लागेको भन्दै त्यसको विरोध गरेको छ ।

प्रेमचन्द्र झा, रौतहट, १६ बैशाख । नेपाली सेना वीर दल गण रौतहटले आयोजना गरेको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निःशुल्क रुपमा उपचार पाएका छन् ।

कैलाली, १६ बैशाख । आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मोरङ, १६ बैशाख । विराटनगर महानगरपालिका–१७ आइसिबी चेक पोइन्टबाट अवैध लगूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, १६ बैशाख । लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले निजामती कर्मचारीहरुको लागि प्रदेशबाट ऐन तथा कार्यविधि बनाइ कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् ।

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

काठमाडौं, १६ बैशाख । नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

रुपन्देही, १५ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रहण गरेका छन् ।

जनकपुरधाम, १५ बैशाख । जानकी नवमीको अवसरमा स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजनामा जनकपुरधाममा सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल आयोजना गरिएको छ ।

काठमाडौं, १५ बैशाख । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गरेका छन् ।

काठमाडौं, १५ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारीहरुको सेवा प्रवाहमा चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिने बताएका छन् ।

पर्सा, १५ बैशाख । पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित ईटाही ईलाकाबाट सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बरामद गरेको छ ।

मोरङ, १५ बैशाख । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध दुई जना पक्राउ परेका छन् ।

बाँके, १५ बैशाख । नेपालगंज उपमहानगरपालिका–१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, १४ बैशाख । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रेमचन्द्र झा, रौतहट, १४ बैशाख । संवाद ,सहअस्तित्व र सौहादर्ताको अभावमा सुचनाका लागि रौतहटको वृन्दावन नगरपालिका आगाडी सुरु भएको २४ घण्टे रिले अनसन बसेको एक महिना छ दिन पुगेको छ ।

रौतहट, १४ बैशाख । कटहरिया नगरपालिका–९ डुमरिया बस्ने १५ वर्षीय चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।

रौतहट, १३ बैशाख । गौर नगरपालिका–६ सबगढा बस्ने शेख सजादको पोल्ट्री फर्ममा बुधबार बिहान आगलागी भएको छ ।

मोरङ, १३ बैशाख । जहदा गाउँपालिका–२ बेरियारी टोलस्थित मकै बारीमा लुकाई छिपाई राखेको ४ सय २२ केजी ३३ ग्राम अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

पोखरा, १३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् ।

जनकपुरधाम, १३ बैशाख । मधेश प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका सबै पालिकामा माटो परीक्षण गर्न लागिएको छ ।

दिनेश ठाकुर, नेपालगन्ज, १३ बैशाख । जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा (फुलपुरवामा) सोमबार आगलागी भएको छ ।

बारा, १३ बैशाख । बारा क्षेत्र नं २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

दिनेश ठाकुर, नेपालगञ्ज, १२ बैशाख । मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।

ट्रेन्डिङ