जनकपुरधाम, २४ बैशाख । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुशवाहाले भुक्तानी लिन बाँकी रहेका उखु किसानलाई अपिल गरेका छन् ।

इटहरी, २४ बैशाख । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

जनकपुरधाम, २४ बैशाख । नागरिकता विधेयक, २०७९ बारे छलफल भइरहेकोमा तराई–मधेश लोकतान्त्रिक पार्टीले खुशी व्यक्त गरेको छ ।

रुपन्देही, २४ बैशाख । सिद्धार्थनगर नगरपालिका–३ बिरपथ बस्ने नगेन्द्र चौधरीको घरबाट मुलढोकाको ताला फोडेर चोरी भएको छ ।

धनुषा, २४ बैशाख । जनकपुर उपमहानगरपालिका–२४ स्थित गोगल प्रसाद नमुना मावि बसैया अगाडि रहेको पोखरीमा डुबेर २ जनाको शनिबार साँझ मृत्यु भएको छ ।

बाँके, २४ बैशाख । नेपालगंज उपमहानगरपालिका–१८ कारकादो चोकमा रा.१ ख २६१७ नम्बरको टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोरङ, २४ बैशाख । बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन तथा चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, २३ बैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढ्दै गएको अशान्तिका कारण बुद्धको उपदेशको महत्त्व झनै बढेको बताएका छन् ।

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन् ।

कैलाली, २३ बैशाख । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालको पहाडी जिल्लाहरुमा पश्चिमा देशहरुले धर्म परिवर्तन गराउँदै चर्च विस्तार गरिरहेको आरोप लगाएका छन् ।

सिरहा, २३ बैशाख । सिरहा नगरपालिका–२० सिकाजोति बस्ने बिजय महतोको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको छ ।

सर्लाही, २३ बैशाख । हरिपुर नगरपालिका–४ हरैया चोकमा बिआर ३० ए २७२१ नम्बरको रथको ठक्करबाट पैदलयात्री चन्द्रनगर गाउँपालिका–१ मोहनपुर बस्ने २२ वर्षीय पप्पु बैठाको शुक्रबार राति मृत्यु भएको छ ।

मोरङ, २३ बैशाख । बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बरढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

रुपन्देही, २२ बैशाख । राष्ट्रिय एकता अभियानले लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन गरेको छ ।

नेपालगञ्ज, २२ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले दाइजो प्रथा नियन्त्रणका लागि भावी कार्ययोजना निर्माण गर्न छलफल थालेको छ ।

दिनेश ठाकुर, नेपालगञ्ज, २२ बैशाख । बाँकेको जानकी गाउँपालिका वडा नं ३ बन्जारे गाउँमा रहेको बन्जारेगाउँ माध्यामिक विद्यालयमा यस वर्ष विद्यार्थी भर्ना अभियानलाई गत वर्षकोभन्दा अझै व्यापक बनाउन लागि परेको विद्यालयका प्रधानाध्यापक आदित्य वर्माले बताएका छन् ।

पर्सा, २२ बैशाख । ठोरी गाउँपालिका–३ नयाँ बस्तीबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी ३ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

कैलाली, २२ बैशाख । जिल्लाको विभिन्न स्थानबाट खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं, २१ बैशाख । नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेको प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रूपन्देही, २१ बैशाख । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित राम प्रसाद पन्थले संचालन गरेको न्यु नरम पाल्पाली रेष्टुरेण्ट एण्ड कटेजमा आगलागी भएको छ ।

कैलाली, २१ बैशाख । धनगढी उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय राज पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, २१ बैशाख । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

बाँके, २१ बैशाख । नेपालगंज उपमहानगरपालिका–१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक पक्राउ परेका छन् ।

पर्सा, २१ बैशाख । वीरगंज महानगरपालिका–१६ चालिसफिटे सडकबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी, २१ बैशाख । जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमर्गबाट सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित २ जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको छ ।

ट्रेन्डिङ