नवलपरासी (पूर्व), १ जेठ । मध्यबिन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मोरङ, १ जेठ । मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, १ जेठ । धरान उपमहानगरपालिका–१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका–१५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं, ३१ बैशाख । यही जेठ १ गते सोमबार सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना हुने भएको छ। महिनावारी व्यवस्थापन सम्वन्धी विविध विषयमा जानकारी दिने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको हो ।
नवलपरासी, ३१ बैशाख । जिल्लाको रामग्राम र प्रतापपुरमा उच्च शिक्षा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
कैलाली, ३१ बैशाख । धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली नजिक बस्ने ४३ वर्षीय कृष्ण दत्त पाण्डेको खाद्यान्न गोदाममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
काठमाडौं, ३१ बैशाख । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
काठमाडौं, ३१ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ ।
जनकपुरधाम, ३१ बैशाख । जनकपुरधाम उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आठ सदस्यीय नगर कमिटी गठन भएको छ ।
प्रेमचन्द्र झा, रौतहट, ३० बैशाख । नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएका छन् ।
बाँके, ३० बैशाख । नदीमा डुबेर बैजनाथ गाउँपालिका–४ बोरिङबस्ती बस्ने ३६ वर्षीय कमल साहानीको मृत्यु भएको छ ।
पर्सा, ३० बैशाख । बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित सडकमा ना.३६ प ७९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
काठमाडौं, ३० बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् ।
काठमाडौं, ३० बैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राष्ट्रियताका नाममा कतिपय नेपाली नेताले भारत विरुद्ध अभियान चलाइरहेको आरोप लगाएका छन्।
काठमाडौं, ३० बैशाख । एसियाका दुई प्रमुख प्रतिद्वन्द्वी भारत र चीनको बीचमा रहेको नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको स्थिति कठिन छ ।
काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ ।
कपिलवस्तु, २९ बैशाख । मायादेबी गाउँपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २९ बैशाख । विजयनगर गाउँपालिका–७ मननगर बस्ने कनैराम हरिजनसहित ४ जनाको घर र गोठ जलेका छन् ।
कैलाली, २९ बैशाख । धनगढी उपमहानगरपालिका–१ बसन्तटोल बस्ने डबल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
बाँके, २९ बैशाख । बैजनाथ गाउँपालिका–६ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, २८ बैशाख । नेपाल प्रेस युनियन सर्लाही शाखाको सातौँ जिल्ला अधिवेशन बिहीबार हरिपुरमा सम्पन्न भएको छ ।