काठमाडौं, ३० चैत । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम राजधानीमा सुरु गरेको छ ।

काठमाडौं, ३० चैत । राजनीतिक विश्लेषक एवं नेपालमा मधेश आन्दोलनको विषयमा विद्यावारिधि गरेका डा.विजय मिश्रले उपेन्द्र यादव खतराको जोनमा रहेको बताएका छन् ।

जनकपुरधाम, ३० चैत । आम जनता पार्टी (आजपा) को सम्पन्न धनुषा जिल्ला भेलाले सन्तोषराज सहनीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन् ।

लहान, ३० चैत । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनले नेपाललाई तिब्बत बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

वीरगन्ज, २९ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले उपेन्द्र यादवलाई पराजित गर्नुपर्ने बताएका छन् ।

बारा, २९ चैत । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले १५ वर्षदेखि सत्तामा रहेका मधेशी दलहरुले मधेशलाई ठगेको आरोप लगाएका छन् ।

रौतहट, २९ चैत । गरुडामा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । गरुडा नगरपालिका ५ लक्ष्मीपुरका बिर्जु यादवका २२ वर्षीय छोरा गजिन्दर यादव घाइते भएका हुन् ।

काठमाडौं, २९ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सुनसरी, २९ चैत । बर्जु गाउँपालिका–२ बस्ने ४० वर्षीय राम चन्द्र रायको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । 

बारा (महागढीमाई), २८ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदबार उपेन्द्र यादवले संघीयता र लोकतन्त्र विरोधी शक्ति सक्रिय भएकोले उपलब्धी रक्षाको लागि आफू लडाईको मैदानमा उत्रेको बताएका छन् ।

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् ।

बाँके, २८ चैत । ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाउँपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।

सप्तरी, २८ चैत । कंचनरुप नगरपालिका–१ बैरवा टोल बस्ने बिनय खंगको घरमा खाना पकाउने क्रम्मा चुलोबाट आगो सल्की मंगलबार बिहान आगलागी हुँदा तीन जनाको जलेको छ ।

महोत्तरी, २८ चैत । जलेश्वर नगरपालिका–६ सानो धवौली बस्ने ५० वर्षीया इन्दु मिश्राको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

वीरगंज, २८ चैत । महानगरपालिकाको आयोजना तथा निजी क्षेत्रको सहकार्यमा वीरगंजमै पहिलोपटक चैत ३० गते देखि वैशाख २ गतेसम्म रात्रि बजार सञ्चालन हुने भएको छ ।

पर्सा, २७ चैत । पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट अवैध लागूऔषध चरेस १ सय १८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, २७ चैत । जिल्लाको माधवनारायण नगरपालिकाको विसुनपूर्वामा भएको आगलागीपीडितलाई उचित राहत र क्षतिपूर्ति दिन जनमत पार्टीले माग गरेको छ ।

काठमाडौं, २७ चैत । मधेश प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाको विशेष पहलमा आर्थिक बर्ष २०८०/८१ मा मधेश प्रदेशका लागि कृषिमा आवश्यक ठुला परियोजना तथा कार्यक्रमका लागी संघीय मन्त्रालय मार्फ़त बजेट विनियोजनका लागी सरोकारवाला सबैसंग छलफल सम्पन्न भएको छ।

बारा, २७ चैत । बारा निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनलाई केन्द्रित गरी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ’स्वाभिमान यात्रा’ सुरू गरेका छन् ।

जनकपुरधाम, २७ चैत । करिब दुई महिनापछि मधेश प्रदेशको प्रदेशसभा बैठक आज सोमबार दिउँसो १ बजेदेखि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

काठमाडौं, २६ चैत । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्ने गरी नयाँ परिपत्र जारी गरेको छ ।

काठमाडौं, २६ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन गरेका छन् ।

काठमाडौं, २६ चैत । व्यवसायी दुर्गा प्रसाई दुई करोड रुपैयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले माग गरेको अडियो सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको छ ।

जनकपुरधाम, २६ चैत । नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले बैशाख १० गते हुने उपनिर्वाचनपछि प्रदेशको सरकार परिवर्तन हुने बताएका छन् ।

ट्रेन्डिङ