जलेश्वर, ८ फागुन । नेपाल मुस्लिम महिला कल्याण केन्द्रले दुईदिने जलवायु परिवर्तन र लैंगिक समानता तथा समाजिक समाबेशीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
दिनेश ठाकुर, नेपालगञ्ज, ८ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो ।
दिनेश ठाकुर, नेपालगञ्ज, ७ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ ।
वीरगञ्ज, ७ फागुन । विगतका वर्षझैं यस वर्ष पनि अहमदिया संघ पर्साद्वारा विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठास्थित श्री मसरुर पब्लिक आधारभुत विद्यालयमा आठौं वार्षिक जलसा सालाना २ दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, ७ फागुन । गुलरिया नगरपालिकाले नगरभित्रका पशुपालक कृषकहरुको पशुधन सुरक्षाका लागि पशु बीमा सुरु गरेको छ ।
काठमाडौं, ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् ।
काठमाडौं, ७ फागुन । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सम्पन्न भएको छ ।
काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।
दिनेश ठाकुर, नेपालगन्ज, ७ फागुन । जनमत पार्टी बाँकेका युवा नेता नसिम सलमानी, नसिम खाँ, तथा सब्बीर खाँ पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा सदस्यता लिइ प्रवेश गरेका छ।
जनकपुरधाम, ६ फागुन । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले आफ्नो निर्वाचन क्षेत्रमा ‘दलान दलील’ कार्यक्रम सुरु गरेका छन् ।
काठमाडौं, ६ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ ।
काठमाडौं, ५ फागुन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
चितवन, ५ फागुन । राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
मोरङ, ५ फागुन । सुन्दरहरैचा नगरपालिका–१ हरैचास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट नगद ४ लाख ५९ हजार ५ सय ११ रुपैयाँ गएराति चोरी भएको छ ।
कपिलवस्तु, ५ फागुन । मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
महोत्तरी, ४ फागुन । मटिहानी रंगशालामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०७९ को मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका छन् ।
रबिन्द्र यादव, नवलपरासी पश्चिम, ४ फागुन । प्रतापपुर गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
काठमाडौं, ४ फागुन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते शनिबार बस्ने भएको छ ।
शिवा शर्मा, बर्दिया, ४ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाऔँ महाअभियानका प्रमुख अभियन्ता, समाजसेवी दुर्गा प्रसाई फागुन ११ गते बर्दिया जिल्लाको सदरमुकम गुलरिया आउन लागेका छन् ।
कपिलवस्तु, ४ फागुन । व्यवस्थापिका संसदको बुधवारको बैठकमा विशेष समय लिँदै कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र राज आचार्यले छाडा चौपायको व्यवस्थापन गर्न माग गरेका छन् ।
वीरगन्ज, ४ फागुन । वीरगञ्ज स्थित श्री नृसिंह मा.बि पिपरा मठ वीरगञ्जको सभाहलमा टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
महोत्तरी, ३ फागुन । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपाल ललितपुरबीच सम्झौता भएको छ ।