महोत्तरी, ३ फागुन । जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोकी छोरी ४ वर्षीया मागी कुमारी महतोको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।
रूपन्देही, ३ फागुन । जिल्लाको विभिन्न छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बाँके, ३ फागुन । नेपालगंज उपमहानगरपालिका–२ न्यूरोडबाट नेपाली १ हजार दरको ५ सय ६९ थान नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
वीरगंज, ३ फागुन । राष्ट्रिय एकता अभियानले वीरगंज र झापामा ‘नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।
काठमाडौं, २ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् ।
वीरगन्ज, २ फागुन । विश्व हिन्दू परिषद नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा सोमबार वीरगन्जस्थित पशुपतिनाथ मन्दिरमा भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रम ‘प्रवचन एवं महाआरती’ कार्यक्रम सम्पन्न गरिएको छ ।
वीरगन्ज, २ फागुन । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्ने बताएका छन् ।
काठमाडौं, २ फागुन । जनता समाजवादी पार्टी, नेपाल अन्तरगत रहेका १०+१ राष्ट्रिय समितिका इन्चार्जहरुको बैठकले पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउन माग गरेको छ ।
काठमाडौं, २ फागुन । माघ २८ देखि फागुन १ गतेसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठक सोमबार केही प्रारम्भिक गृहकार्य गर्दै र पुनः एक सप्ताह पछि बस्ने गरी सम्पन्न भएको छ।
कपिलवस्तु, २ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि हुनसक्ने बताएका छन् ।
जनकपुरधाम, १ फागुन । तराई–मधेशमा सक्रिय साना दलहरुबीच एकता र सहकार्यका लागि अवधारणापत्र र अन्य दस्तावेज तयार गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
सप्तरी, १ फागुन । जिल्लाको कंचनरुप नगरपालिका–७ लालभित्ती डाँडा पौडा खोलाबाट विभिन्न हातहतियारसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं, १ फागुन । मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना पुरस्कृत भएका छन् ।
दिनेश ठाकुर, नेपालगन्ज, १ फागुन । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा सञ्जय थापा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं, २९ माघ । मधेश आन्दोलनका अगुवा नेता, सामाजिक अभियन्ता एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता डा.शरद्सिंह यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
काठमाडौं, २९ माघ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ । सो बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा भएको छ ।
काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन् ।
कलैया, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल जिल्ला कमिटीको जिल्ला अधिवेशन फागुन १३ गते शनिबार सदरमुकाम कलैयामा हुने भएको छ ।
वीरगन्ज, २९ माघ । वीरगन्जमा आयोजित प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जीत हात पारेको छ ।
जनकपुरधाम, २९ माघ । मधेश प्रदेशका सामाजिक विकासमन्त्री सुरिता कुमारी साहले दलितहरुको निर्णायक तहमा पहुँच दिन आवश्यक रहेको बताएकी छन् ।
रुपन्देही, २९ माघ । राष्ट्रिय एकता अभियानद्वारा रुपन्देहीमा आयोजित विचार गोष्ठी कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
जनकपुर, २९ माघ । जनकपुरमा आयोजित विचार गोष्ठी कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेको बताएकी छन् ।
दिनेश ठाकुर, नेपालगञ्ज, २८ माघ । माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् ।