रौतहट, २० माघ । रौतहट जिल्लाको सदरमुकाम गौरमा सञ्चालन रहेको फुलतारा डेरी उद्योगको संचालक माथि कानूनी कार्यवाहीको मांग गर्दै विश्व हिन्दू परिषद् नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
रौतहट, २० माघ । आफ्नै बुबा ५५ वर्षीय निर कुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
कैलाली, २० माघ । चुरे गाउँपालिका–४ बस्ने ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, २० माघ । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २० माघ । विराटनगर महानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अयोध्या (भारत), १९ माघ । भारतको उत्तर प्रदेशको अयोध्यामा निर्माण हुने मूर्तिका लागि नेपालको पवित्र कृष्ण गण्डकी नदीबाट झिकिएको देवशिला राममन्दिर निर्माण समितिलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं, १९ माघ । मुस्लिम आयोगले मधेशी आयोगलाई मुस्लिमलाई पुनः मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।
दिनेश ठाकुर, नेपालगञ्ज, १९ माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएर गठन भएको राष्ट्रिय स्वराज पार्टीले पहिलो जिल्ला समिति बाँकेबाट बिस्तार गरेको छ ।
जनकपुरधाम, १८ माघ । मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
विराटनगर, १८ माघ । विराटनगर विमानस्थलमा आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली (ब्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा आएको छ ।
कैलाली, १८ माघ । घोडाघोडी नगरपालिका–५ देउकलिया बस्ने ५४ वर्षीय खेमराज सापकोटालाई चित्तलको छाला २ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १८ माघ । विराटनगर महानगरपालिका–१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नजाम खानलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, १८ माघ । डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १८ माघ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।
काठमाडौं, १८ माघ । वातावरण संरक्षणमा जनचेतना जगाउने उद्देश्यसहित मोरड जिल्ला उलाबारी नगरपालिका बडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गरेका छन् ।
कैलाली, १७ माघ । आफ्नै आमा ७१ वर्षीया लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १७ माघ । देशको आर्थिक संकटबारे सुझावसहित नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।
शिवा शर्मा, बर्दिया, १७ माघ । विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलोरियोले कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्न जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनिकरण गर्न तथा कुष्ठ प्रभावितहरु प्रतीको भेदभावलाई हटाउने उदेशयले सन १९५४ देखि जनवरी महिनाको अन्तिम आईतबार मनाउन थालिएको थियो ।