काठमाडौं, १२ माघ । छिमेकी मित्रराष्ट्र भारतको ७४औं गणतन्त्र दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौंं, ११ माघ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। मन्त्री खानले बुधबार सिंहदरबार स्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।
काठमाडौं, ११ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।
काठमाडौं, ११ माघ । सरकारले हिजो संसद् भवन नयाँबानेश्वरअगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको सत्यतथ्य छानबिनका लागि आवश्यक कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।
काठमाडौं, ११ माघ । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।
वीरगन्ज, ११ माघ । वीरगन्जमा सोमबारबाट बालबालिकाहरूलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।
काठमाडौं, १० माघ । भारत र नेपालका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना गरेको थियो ।
काठमाडौं, १० माघ । संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।
काठमाडौं, १० माघ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारी लगायतका कठिन समयमा भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गरेका छन् ।
मोरङ, १० माघ । सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० माघ । काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई प्रहरीले पक्राउ गरेको छ ।
बारा, १० माघ । विभिन्न मुद्दाका ३ सय ३२ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
काठमाडौं, १० माघ । स्व.गजेन्द्रनारायण सिंहले देखाएकै बाटोमा नेपाल अहिले हिंडिरहेको कुरा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले बताएका छन् ।
नेपाली राजनीतिमा मधेश राजनीतिलाई स्थापित गराउने व्यक्ति हुन् गजेन्द्रनारायण सिंह । सिंहको जन्म सप्तरी जिल्लाको कोइलाडी गाविसमा पिता केपी सिंह तथा माता राधादेवी सिंहको दोश्रो सन्तानको रूपमा भएको थियो ।
काठमाडौं, १० माघ । मधेशवादका प्रणेता एवं नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित समुदायका लागि सडकदेखि सदनसम्म आवाज उठाउने नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्र नारायण सिंहको २१औं पुण्यतिथि मनाइँदैछ ।
बाँके, १० माघ । नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ ।
काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारले आज शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं, ९ माघ । मीनकुमारी राणा प्रतिष्ठानले पहिलो वार्षिक पुण्य तिथीको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।
काठमाडौं, ८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार भारतीय राजदूतावास, काठमाडौंमा आयोजित प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणबारे ज्ञान आदानप्रदान सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।