ललितपुर, ४ माघ । ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्बाचनमा पेशागत तथा प्रगतिशिल कानुन ब्यवासी संघ (पिपिएलए), सामाजवादी कानुन ब्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् ।
जनकपुरधाम, ३ माघ । मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
काठमाडौं, ३ माघ । जनमत पार्टीले रोजेको मन्त्रालय नपाउँदा असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीसँग सहमति भएअनुसारको मन्त्रालय जनमतले पाएन ।
कपिलवस्तु, ३ माघ । वाणगंगा नगरपालिका–९ कपिलधामस्थित माघी मेलामा बेलुनमा हावा भर्ने क्रममा ग्याँस सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ ।
रूपन्देही, ३ माघ । बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट विभिन्न हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी, ३ माघ । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित हुनुभएको छ ।
काठमाडौं, ३ माघ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ ।
बाँके, ३ माघ । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।
सुनसरी, २ माघ । बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर सोही ठाउँ बस्ने ४० वर्षीय हिमाल थापाको सोमबार दिउँसो मृत्यु भएको छ ।
सिरहा, २ माघ । धनगढीमाई नगरपालिका–५ गोठ टोलस्थित सडकमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, २ माघ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गरेका छन् ।
जनकपुरधाम, २ माघ । पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले शोक बिदा घोषणा गरेकोले मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ ।
रौतहट, २ माघ । चन्द्रपुर नगरपालिका–१ पौराहीमा म्याजिक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, २ माघ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
काठमाडौं, १ माघ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं, १ माघ । हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको आज विधिवत पूजन सम्पन्न भएको छ ।
कास्की, १ माघ । काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको NYT 691, 9N–ANC विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा आइतबार बिहान दुर्घटना भएको छ ।
काठमाडौं, १ माघ । अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, १ माघ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कपिलवस्तु जिल्लाको ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनैपनि कसर नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन् ।