कमल राज पौडेल देबकमल, बर्दिया, १७ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वाटर बर्दियाका प्रहरी उपरीक्षक जहर सिंह बोहराको शसस्त्र प्रहरी प्रधान कार्यलयमा सरुवा भएको छ ।
विराटनगर, १६ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले शहीद दिवस २०७९ को शुभकामना सन्देश दिएका छन् ।
पर्सा, १६ माघ । मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १६ माघ । सुन्दरहरैचा नगरपालिका–३ गछिया चोकस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बाँके, १६ माघ । कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले घरायसी झै–झगडाको कारण आफ्नै श्रीमती ३० वर्षीया गंगा बिक र उनकै छोरा २ वर्षीय प्रिन्स बिकको शरीरमा पेट्रोल छर्की आगो लगाउँदा प्रिन्स बिकको मृत्यु भएको छ ।
पर्सा, १६ माघ । अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जनकपुरधाम, १५ माघ । म्याग्दीको बेणीस्थित पवित्र कालीगण्डकी नदीबाट पोखरा, दमौली र नारायणघाट हुदै जनकपुरधाम पु¥याइएको देवशिलालाई जगज्जननी देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा वैदिक विधिबाट पूजा गरिँदैछ ।
काठमाडौं, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनः पाएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
रुपन्देही, १५ माघ । लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्लास्टिक शून्य पालिका बनाउने अभियान सुरु भएको छ ।
रुपन्देही, १५ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् ।
रौतहट, १५ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्व मन्त्री प्रभु साहले राजाको स्थानमा अहिले ठूला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको कारण देशको अवस्था दयनीय बनेको टिप्पणी गरेका छन् ।
पर्सा, १५ माघ । जिराभवानी गाउँपालिका–१ चम्रीमा ठोरीबाट चिलझपट्टीतर्फ जाँदै गरेको ना.३ त २२८७ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
धनुषा, १४ माघ । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका–६ ढल्केवर बस्ने ५० वर्षीय मो.ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज, १२ माघ । छिमेकी मित्रराष्ट्र भारतको ७४औं गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं, १२ माघ । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका तीन जना बिनाविभागीय मन्त्री रुपमा रहेकाहरुले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
महोत्तरी, १२ माघ । बर्दिबास नगरपालिका–३ पाटु मोडमा सिन्धुलीको लङ्गुरखोलाबाट बर्दिवासतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त.२२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा औरही गाउँपालिका–५ चकर टोल बस्ने ३५ वर्षीया अमेरिका देवीको मृत्यु भएको छ ।
काठमाडौं, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा “४४औं पर्यटक प्रहरी दिवस, २०७९” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बिहीबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।