सिरहा, २४ माघ । नवराजपुर गाउँपालिका–४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय राधेश्याम यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इमरान खान, कपिलवस्तु, २४ माघ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाका लागि चुनौती रहेको बताएका छन् ।

नेपालगन्ज, २४ माघ । बाँकेको नरैनापुर गाउँपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको बताएका छन् ।

रुपन्देही, २३ माघ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, २३ माघ । काठमाडौंमा रहेको पाकिस्तानी दूतावासले काश्मीर एकता दिवस आयोजना ग¥यो। पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षाभन्दा धेरै कम मानिसहरु सहभागी भएका थिए।

काठमाडौं, २३ माघ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

रूपन्देही, २३ माघ । जिल्लाको सिद्धार्थनगर नगरपालिकामा ट्रकमा बस ठोक्किँदा चालकको मृत्यु भएको छ ।

काठमाडौं, २३ माघ । निर्वाचन आयोगको मिति २०७९/५/३१ को निर्णय विरुद्ध तराई–मधेश लोकतान्त्रिक पार्टीका स्थानीय तहमा उम्मेदवार रहेका बिभा ठाकुर, इश्वर पण्डित, बिन्दु ठाकुर, भगिरथ लाल, अनवर राईन, शुहैल अहमद समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जनकपुरधाम, २३ माघ । मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरुका लागि निःशुल्क मिटर वितरण र सिँचाईको व्यवस्थापनका लागि पहल सुरु गरेको छ ।

वीरगंज, २३ माघ । पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय कुमार चौरसियाले वीरगञ्ज–१४ पिपरास्थित लिंक रोडलाई महात्मा गान्धी रोड नामाकरण हुनु स्वागतयोग्य भएको बताएका छन् ।

बारा, २३ माघ । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासको जन्मजयन्ती मनाएको छ ।

जनकपुरधाम, २२ माघ । मधेश प्रदेशसभाका स्वतन्त्र सांसद शारदा शंकर कलवार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

धनुषा, २२ माघ । मिटरब्याजी जनकपुर उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साहलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, २२ माघ । लहान नगरपालिका–८ पशुपति स्कुलको गेट नजिकबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।

रौतहट, २२ माघ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ ।

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर एवं अर्थ मन्त्रालयका प्रथम सचिव हिमालय शम्सेर राणाको निधन भएको छ ।

जनकपुरधाम, २२ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मधेश प्रदेशमा २१ सदस्यीय समिति गठन भएको छ ।

वीरगन्ज, २२ माघ । ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने मूल नाराका साथ अहमदिया संघ नेपालले शनिबार विन्दवासिनी गाउँपालिका वडा नं ५ को प्रसौनी भाठ्ठामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

राजविराज, २१ माघ । राष्ट्रिय एकता अभियानद्वारा राजविराजमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता रामकुमार यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

धनगढी, २१ माघ । राष्ट्रिय एकता अभियान कैलालीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।

कमलराज पौडेल देवकमल, बर्दिया, २१ माघ । बर्दियाको बाँसगढीमा भइरहेको पाँचौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा आएका संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले एडिबल इण्डस्ट्रिज प्रा.लिको अनुगमन गरेका छन् ।

कमलराज पौडेल देवकमल, बर्दिया, २१ माघ । संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले खेलाडीहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं, २१ माघ । कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा लोकतान्त्रिक विद्यार्थी संघको मूल एकाइ कमिटी पुनर्गठन भएको छ ।

बाँके, २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्षझैं यस वर्ष पनि उर्श (धार्मिक मेला) सुरु भएको छ ।

जनकपुरधाम, २० माघ । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

ट्रेन्डिङ