जनकपुरधाम, ८ माघ । मधेश प्रदेशसभामा दुई जना स्वतन्त्र प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
विराटनगर, ८ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङज्यूले सोनाम ल्होछारको शुभभकामना दिएका छन् ।
नरैनापुर, ८ माघ । नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।
विराटनगर, ७ माघ । प्रदेश प्रमुख माननीय परशुराम खापुङले जनताको स्वास्थ्य सेवामा सरकारी अस्पतालले मात्र समाधान गर्ने नभ्याउने हुँदा व्यक्तिगत अस्पतालहरु सञ्चालनमा आएको बताएका छन् ।
काठमाडौं, ७ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्हमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारवाहीको चेतावनी दिएका छन् ।
कपिलवस्तु, ७ माघ । शुद्धोधन गाउँपालिका–६ बिमियामा लु.२ ख ४२२६ नम्बरको बसको ठक्करबाट साइकलयात्री शुद्धोधन गाउँपालिका–३ गुलरी बस्ने ३० वर्षीय विन्द कुमार कहारको शनिबार बिहान मृत्यु भएको छ ।
मोरङ, ७ माघ । विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक २९ एम्पुल, ऐभिल २९ एम्पुल, फेनारगन २९ एम्पुल र डाइजेपाम २९ एम्पुलसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं, ७ माघ । भारतीय राजदूतावास, काठमाडौंले वातावरण मैत्री लाइफ (लाइफस्टाइल फोर इन्भाइरनमेन्ट) को अवधारणालाई प्रवर्धन गर्न हेतु “आजादीका अमृत महोत्सव” अन्तर्गत शनिबार पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको आयोजना गरेको थियो ।
काठमाडौं, ७ माघ । भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन भारतीय राजदूतावास, काठमाडौंले शुक्रबार ‘सङ्गीत सुकुन’ नामक एक साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कााठमाडौं, ६ माघ । भारतको ७५औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले बुधबार एक चियापान समारोहको आयोजना गरेको थियो ।
काठमाडौं, ६ माघ । हाल देशमा बढिरहेको जाड़ोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्याने कपडा बितरण गरेको छ ।
बाँके, ६ माघ । पछिल्लो समय नयाँ प्रविधि आविस्कार संगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणमा नरैनापुर गाउँपालिका जुटेको छ ।
कैलाली, ५ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुरमा टीकापुर महोत्सव उद्घाटन गरेकी छन् ।
नेपालगन्ज, ५ माघ । नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्न बिहिबारबाट सुरु गरिएको छ ।
जनकपुरधाम, ५ माघ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने बताएका छन् ।
काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
काठमाडौं, ५ माघ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुप्रति सम्मान प्रकट गर्दै जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले संसदभित्रै एक मिनेटको मौन धारण गरेका छन् ।
काठमाडौं, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सभामुखको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई मतदान गर्ने भएको छ ।
जनकपुरधाम, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई संसदका सबै दलले विश्वासको मत दिएका छन् ।
काठमाडौं, ४ माघ । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।