विराटनगर, २४ पुस । ६० सांसदको समर्थनसहित नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
काठमाडौं, २४ पुस । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतबार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।
काठमाडौं, २४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएको छ ।
काठमाडौं, २४ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति गरेका छन् ।
सप्तरी, २४ पुस । खडक नगरपालिका–११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोकिएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौं, २४ पुस । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मुस्लिम र थारुलाई अहिले मधेशीकै रुपमा प्रमाणित गरी आरक्षण दिने सम्बन्धी आयोगमा पत्र आएपछि मात्र आयोगले सोच–विचार गरी आवश्यक निर्णय लिने बताएका छन् ।
वीरगंज, २३ पुस । कठ्याङ्ग्रिँदो जाडो र शितलहरबाट प्रभावित १ सय २० जनालाई वीरगंजमा कम्बल वितरण गरिएको छ ।
जनकपुरधाम, २३ पुस । दिन प्रतिदिन बढ्दै गएको चिसो तथा बाक्लो हुस्सुका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बन्दै गएको छ ।
काठमाडौं, २३ पुस । बृहत् वाम एकताका लागि नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
काठमाडौं, २३ पुस । सत्ता साझेदार दलका तर्फबाट गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ ।
विराटनगर, २३ पुस । प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गरेका छन् ।
काठमाडौं, २३ पुस । विश्व हिन्दू परिषद् नेपालको १५ दिने शुभचिन्तक (सदस्यता) अभियान शुरू भएको छ । परिषद्का देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको हो ।
काठमाडौं, २३ पुस । नवीन एवम् विशिष्ट पहलका साथ भारतले यही पौष २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।
रौतहट, २२ पुस । मिथिला अर्गेनिक कृषि फार्मका सन्चालक सिकिन्द्र यादब शुक्रबार बेलुकी लुटपाटमा परेका छन् ।
काठमाडौं, २२ पुस । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष डा. राजेश अहिराजलाई दिइने भएको छ ।
रौतहट, २२ पुस । चन्द्रपुर नगरपालिका–४ स्थित न्यू गढीमाई ज्वेलर्स र चन्द्रपुर नगरपालिका–६ पहरी टोलमा रहेको प्रज्वल सुनचाँदी पसलबाट सुन र चाँदीका बिभिन्न गहना गरी करिब १० लाख २७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
दाङ, २२ पुस । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर, २२ पुस । गढी गाउँपालिका–७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २२ पुस । धनगढी उपमहानगरपालिका–९ भैंसीघाटबाट अवैध लागूऔषध चरेश ७ ग्राम ६ सय ८० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् ।
रौतहट, २१ पुस । गुजरा नगरपालिका–१ रंगपुर गाउँ बस्ने ५३ वर्षीय रबिन्द्र बण्ठाको पोल्ट्री फर्ममा आगलागी भएको छ ।
बारा, २१ पुस । जितपुरसिमरा उपमहानगरपालिका–१६ पसाहापुलस्थित सडकमा ग.२ च ४४१३ नम्बरको स्कारपियोले प्र.२–०३–००२ प ४५८७ नम्बरको स्कुटर र साईकललाई बिहीबार बिहान ठक्कर दिई दुर्घटना स्कुटर चालक सोही उपमहानगरपालिका–१६ बस्ने ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको छ ।