काठमाडौं, १८ पुस । ‘सनातन हिन्दू राष्ट्र नेपाल कायम गरियोस्’ भन्दै हिन्दू परिषद् नेपालले नेपाल सरकार समक्ष २१ बुँदे माग राखेको छ ।

काठमाडौं, १८ पुस । जनता समाजवादी पार्टी नेपालको दुईदिने राजनीतिक समितिको बैठक शुरु भएको छ ।

मोरङ, १८ पुस । रंगेली नगरपालिका–१ बविया बस्ने ४० वर्षीय मनोज राजंवशीलाई अवैध लागूऔषध गाँजा ३ सय ५० किलोसहित प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, १८ पुस । पत्रकारलाई ज्यान मार्ने धम्की दिने विदेह नगरपालिकाका प्रमुख बेचन दासलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

विराटनगर, १७ पुस । प्रदेश–१ मा सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन् ।

काठमाडौं, १७ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताएका छन् ।

जनकपुरधाम, १७ पुस । जनकपुरधाम उपमहानगरपालिका–१२ प्रगतिनगर बस्ने ३५ वर्षीय प्रविण मिश्राको घरमा चोरी भएको छ ।

रौतहट, १७ पुस । माधवनारायण नगरपालिका–३ सखुहवास्थित सडकमा म्याजिक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

उदयपुर, १७ पुस । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेशी समुदायलाई मतदाता र करदाताको रुपमा मात्र प्रयोग गरिनु एकदम गलत कदम भएको बताएका छन् ।

सुनसरी, १६ पुस । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा २१ लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।

रौतहट, १६ पुस । गरुडा नगरपालिका–७ पिपरिया दोस्तिया बस्ने ३० वर्षीय रामतिलक पटेलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

बाँके, १६ पुस । नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित सडकमा ना.७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

पर्सा, १६ पुस । वीरगंज महानगरपालिका–१६ ईनर्वाबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ४८ ट्याब्लेट सहित सोही महानगरपालिका–१६ गणेशटोल बस्ने २७ वर्षीय रोहित यादव समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मोरङ, १६ पुस । विराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं, १६ पुस । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद किरण साहलाई हिन्दू परिषद् नेपालले सम्मान गरेको छ ।

रुपन्देही, १५ पुस । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ ।

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई दिएका छन् ।

राजविराज, १५ पुस । सप्तरी प्रहरीले ८ सय १० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

बारा, १५ पुस । नेपाल सरकारका संघीय मन्त्री ज्वाला कुमारी साहले शिक्षामा देखिएको बेथितिलाई अन्त्य गर्ने बताएकी छन् ।

धनगढी, १५ पुस । नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

काठमाडौं, १५ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ ।

कैलाली, १४ पुस । कोरोना सङ्क्रमण नेपाल भित्रिन नदिन नेपाल भारत सीमा नाकामा कडाइ गरिने भएको छ ।

कपिलवस्तु, १४ पुस । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गब्दाहावाको जग्गा प्राप्तिमा ढिलाई भए पछि कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापनको कार्य अघि बढाएको छ ।

सर्लाही, १४ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

ट्रेन्डिङ