विराटनगर, १० पुस । नेकपा (एमाले)ले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ ।
धनुषा, १० पुस । मुख्यापट्टी मुसहरनिया गाउँपालिका–२ बस्ने ५० वर्षीय धानुक दासको अपरिचित व्यक्तिको गोली प्रहारबाट शनिबार राति मृत्यु भएको छ ।
कैलाली, १० पुस । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थानसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले सहमति जुटाएको छ ।
काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि भइरहेको छलफलमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पनि बालकोट पुगेका छन् ।
काठमाडौं, १० पुस । पाँच दलीय गठबन्धन छोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् ।
काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गरेको समयसीमा सकिनै लाग्दा दलहरुबीच घनिभूत छलफल भइरहेको छ ।
कपिलवस्तु, ९ पुस । कपिलवस्तु नगरपालिकाले आयोजना गरेको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस बर्ष पनि कनकमुनी माध्यमिक विद्यालयले जितेको छ ।
काठमाडौं, ९ पुस । मधेशी आयोगले डा.सि.के राउत सहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
रौतहट, ८ पुस । माधवनारायण नगरपालिका–५ मिठुअवा बस्ने ५२ वर्षीया सितापती देबी साहलाई साढे दुई किलो गाँजासहित पक्राउ परेकी छन् ।
काठमाडौं, ८ पुस । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ८ पुस । बंगलादेशको नीति संवाद केन्द्रका डा. तौफिकुल इस्लाम खानले “बंगलादेशमा बीआरआई सम्भावना र चुनौतीहरू” बारे आफ्नो आफ्नो विचार व्यक्त गरेका छन् ।
काठमाडौं, ८ पुस । श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीसीपी) का हरिम वाट्सन पेरिशले ‘श्रीलंकामा बीआरआईका अनुभव र प्रभावहरू’ प्रस्तुत गरेका छन् ।
काठमाडौं, ८ पुस । स्कुल अफ इन्टरनेशनल स्टडीजका डीन र भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका चिनियाँ अध्ययनका प्राध्यापक प्रो. श्रीकान्त कोन्डापल्लीले चीनको बीआरआईबारे आफ्नो दृष्टिकोण राखेका छन् ।
काठमाडौं, ८ पुस । नेपालका पुर्वपरराष्ट्रमन्त्रीद्वय प्रदीप कुमार ज्ञवाली र डा.प्रकाश शरण महतले नेपालले बिआरआई मार्फत कुनै ऋण लिनु नहुने बताएका छन् ।
काठमाडौं, ८ पुस । राजदूत विजयकान्त कर्णले चीनद्वारा एक पहलको रूपमा ल्याइएको बिआरआई एक वैश्विक रणनीतिक उपकरण रहेको बताएका छन् ।
काठमाडौं, ८ पुस । दक्षिण एसियाली क्षेत्रमा बीआरआईको प्रभावबारे काठमाडौंमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
जनकपुरधाम, ७ पुस । मधेश प्रदेश सभामा बैठकको तयारी भइरहेको छ । अर्को साता सर्वदलीय बैठक बसेपछि प्रदेश सभामा नवनिर्वाचित प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहणको मिति तय हुने भएको छ ।
मोरङ, ६ पुस । केराबारी गाउँपालिका–९ बस्ने ४३ वर्षीय दुर्गा कुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका–१ बस्ने ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देही, ६ पुस । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका–५ बस्ने आरने माईला भन्ने मिन बहादुर बिक कामीलाई प्रहरीले पक्राउ गरेको छ ।