रुपन्देही, १४ पुस । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।

पर्सा, १३ पुस । वीरगंज महानगरपालिका–२५ सिर्सिया खल्वाटोला ठेगाना भएका १४ वर्षीय निरज कुमार पासवानको अपहरण गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामाा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाम, १३ पुस । मधेश प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा तीन सांसदले दाबी गर्दै आएका छन् । तीनै जनाले आफ्नो दाबी नछोडेपछि दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

काठमाडौं, १३ पुस । संघीय संसदको छैठौं ठूलो दल जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्न लागेको छ ।

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने वा नहुने बारे निर्णय गरिसकेको छैन ।

सप्तरी, १३ पुस । बोदेबर्साइन नगरपालिका–४ सिलहट बस्ने ८० वर्षीय मुक्ति राउतको आगलागीमा जलेर मृत्यु भएको छ ।

रूपन्देही, १३ पुस । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

कैलाली, १३ पुस । जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तुसहित एकजना पक्राउ परेका छन् ।

विराटनगर, १२ पुस । कोभिड–१९ को नयाँ स्वरूप छिमेकी देशहरूमा देखा पर्न थालेपछि यसको नियन्त्रण, रोकथामका लागि मोरङमा सचेतना अभियान शुरु गरिएको छ ।

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

काठमाडौं, १२ पुस । गृह मन्त्रालयले नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

मोरङ, १२ पुस । सुन्दरहरैचा नगरपालिका–८ स्थित सडकमा को.१ त ५७८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर, १२ पुस । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका हुन् ।

वीरगन्ज, १२ पुस । मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, १२ पुस । सिद्धार्थनगर नगरपालिका–१ कोटहीमाई गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

धनगढी, १२ पुस । कैलालीमा एक लाख ४२ हजार नक्कली रुपैयाँ, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ परेका छन् ।

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

विराटनगर, ११ पुस । प्रदेश नं. १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

जनकपुरधाम, ११ पुस । मधेश प्रदेशका प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार हुने सर्वदलीय सहमति भएको छ ।

काठमाडौं, ११ पुस । जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खान उद्योग, बाणिज्य तथा आपूर्ति बन्ने भएका छन् ।

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्र भारत प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

मोरङ, ११ पुस । विराटनगरमा मंसिर २९ गतेदेखि जारी ‘विराट एक्स्पो’ आइतबार सम्पन्न भएको छ ।

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका १६९ सांसदसहित आफ्नो दाबी पेश गरेका छन् ।

ट्रेन्डिङ