मोरङ, ३ पुस । विराटनगर महानगरपालिका–१६ विराटनगर जुट मिल नजिकबाट करिब १२ लाख ३ हजार ४ सय २० रूपैयाँ बराबरको आँखाको लेन्स लगायतका विभिन्न अवैध औषधि तथा कपडाहरू प्रहरीले बरामद गरेको छ ।
कैलाली, ३ पुस । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३ पुस । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको आतिथेयमा पुस २९–३० गते भूमहीमा हुने भएको छ ।
काठमाडौं, ३ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् ।
नवलपारासी (पूर्व), २ पुस । बौद्दीकाली गाउँपालिका–२ भुलाड बस्ने ३० वर्षीय सुरेश श्रेष्ठको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
रुपन्देही, २ पुस । बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।
जनकपुरधाम, २ पुस । तराईमधेशका जिल्लाहरूमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सुसँगै पश्चिम दिशाबाट चलेको वायुका कारणले शीतलहर शुरु भएको छ ।
इमरान खान, कपिलवस्तु, २ पुस । चीनले मुस्लिम समुदायहरुको स्वतन्त्रता माथि बारम्बार गरिरहेका प्रहार विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताएका छन् ।
काठमाडौं, २ पुस । क्याम्ब्रिज विश्वविद्यालयका पीएचडी छात्रले अढाई हजार वर्ष पुरानो संस्कृत व्याकरणको एक उल्झनलाई सुल्झाइदिएका छन् ।
काठमाडौं, १ पुस । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी–प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् ।
कपिलवस्तु, १ पुस । शुद्धोधन गाउँपालिकाका ६ सय विपन्न वर्गमा नागरिलाई सिप तथा साम्रगी मार्फत आयआर्जन तर्फको व्यवसायमा लगिएको छ ।
काठमाडौं, १ पुस । भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १६ औं संस्करण नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा शुक्रबारबाट सुरु भएको छ ।
काठमाडौं, २९ मंसिर । भारतीय राजदूतावास, काठमाडौंले International Year of Millets–2023 को सुरुवाती कार्यक्रमको रुपमा कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA) सँगको सहकार्यमा बिहीबार भारत–नेपाल कृषि भेलाको आयोजना गरेको छ ।
काठमाडौं, २९ मंसिर । आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।
कपिलवस्तु, २९ मंसिर । विभिन्न नगरले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने होडबाजी चलेको बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउने भएको छ ।
धनुषा, २९ मंसिर । मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालो देवी साहको धान कुट्ने मिलको फितामा बेरिएर बिहीबार बिहान मृत्यु भएको छ ।
सिरहा, २९ मंसिर । गोलबजार नगरपालिका–५ स्थित सडक प्र.१–०२–००३ त २१०३ नम्बरको ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
जनकपुधारम, २९ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं.२३ (बिन्धी) को कार्यालयमा युवाहरुले तालाबन्दी गरेका छन् ।
कपिलवस्तु, २९ मंसिर । पशुपंक्षीहरुमा लाग्ने रोगहरुको तथ्यांक संकलन र प्रेषण गर्दा विभिन्न तहहरुसँग समन्वय गरि रिपोर्ट तयार पानुपर्ने पशुपंक्षीका क्षेत्रमा काम गर्ने विज्ञहरुले बताएका छन् ।
काठमाडौं, २९ मंसिर । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।