काठमाडौं, ६ पुस । नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर राजनीतिज्ञको रुपमा विश्लेषण गरिन्छ। तर, अध्यक्ष प्रचण्डले भने आफूलाई गतिशील राजनीतिज्ञको रुपमा ब्याख्या गर्ने गरेका छन्।
जनकपुरधाम, ६ पुस । मधेश प्रदेश मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आफ्नो पाँचवर्षे कार्यकालका उपलब्धिहरु सुनएका छन् । उनले आफ्नो कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका हुन् ।
काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
रूपन्देही, ५ पुस । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका–५ वर्गदवा बस्ने जेसी भन्ने जिवन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा भिड्ने भएका छन् ।
रुपन्देही, ५ पुस । नेकपा (माओवादी केन्द्र)का रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।
सप्तरी, ५ पुस । नेपाल पत्रकार महासंघ सप्तरी शाखा आन्दोलित भएको छ । महासंघ सप्तरीले पुस ४ गतेदेखि १२ गतेसम्म संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
रुपन्देही, ४ पुस । मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ सम्पन्न भएको छ ।
कैलाली, ४ पुस । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा काम गर्ने सोही ठाउँ एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
कपिलवस्तु, ४ पुस । माँयादेवी गाउँपालिका–५ अड्कोनियास्थित सडकमा यूपी ५५ आर ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रूपन्देही, ४ पुस । लागूऔषध मुद्दाका फरार प्रतिवादी कञ्चन गाँउपालिका–४ बस्ने २६ वर्षीय नारायण बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् ।
जनकपुरधाम, ४ पुस । राष्ट्रिय दलको मान्यता पाएको जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा.सीके राउत सर्वसम्मत चयन भएका छन् ।
धनुषा, ३ पुस । मिथिला नगरपालिका–५ श्रीपुरस्थित सडकमा ना.६ ख ८४२४ नम्बरको बसले ज.१२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ भुतही पटेर्वा बस्ने ६० वर्षीय चन्द्र दिप यादवको मृत्यु भएको छ ।
काठमाडौं, ३ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी पेस गर्न आह्वान गरेकी छन् ।
काठमाडौं, ३ पुस । निर्वाचन आयोगले सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
काठमाडौं, ३ पुस । मधेशी आयोगले सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितहरु उपचारकै अभावमा मृत्यु भएको घटना सम्बन्धी यथार्थ बुझी सो समस्याको निदानार्थ कार्य गर्न एक अनुगमन टोली पठाउने भएको छ ।
सिरहा, ३ पुस । सिरहा नगरपालिका–१७ पटेर्वा बस्ने १८ वर्षीय चन्दन कुमार महतोको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
कैलाली, ३ पुस । घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर मृत्यु भएको छ ।