काठमाडौं, २८ मंसिर । नेपाल सरकारले ल्याएको अध्यादेशलाई तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले स्वागत गरेको छ ।

जनकपुरधाम, २८ मंसिर । नेपाल पिछडावर्ग (ओबीसी) महासंघ मधेश प्रदेश कार्यसमितिको कार्यालय एक कार्यक्रमको बीच मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले उद्घाटन गरेका छन् ।

काठमाडौं, २८ मंसिर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

काठमाडौं, २८ मंसिर । राष्ट्रिय एकता अभियानले सांसदलाई दिइदै आएको तलब सुविधा तथा विकाश कोष यथाशीघ्र बन्द गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

काठमाडौं, २८ मंसिर । किसानको समस्याप्रति नेपाल सरकार गम्भीर नहुनु चिन्ताजनक विषय रहेको मधेशी आयोगले निष्कर्ष निकालेको छ ।

रुपन्देही, २८ मंसिर । शुद्धोधन गाउँपालिका–५ रजाडमा लु.६४ प ४१९३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बर्दिया, २८ मंसिर । अवैध लागूऔषध ब्राउनसुगरसहित जिल्लाको बढैयाताल गाउँपालिकाबाट दुई जना पक्राउ परेका छन् ।

वीरगन्ज, २७ मंसिर । नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्र (Integrated Check Post) हरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन पर्सास्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार अन्तर निकाय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं, २७ मंसिर । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ ।

रूपन्देही, २७ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ लोखडियामा लु.१ ख ७४८० नम्बरको ट्रकले र लु.७२ प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

कपिलवस्तु, २७ मंसिर । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थ करिब १५ केजीसहित तीन जना पक्राउ परेका छन् ।

सर्लाही, २७ मंसिर । जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २७ मंसिर । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

काठमाडौं, २६ मंसिर । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन मंसिर २८ र २९ गते काठमाडौंमा हुँदैछ ।

बाँके, २६ मंसिर । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ ।

मोरङ, २६ मंसिर । पथरीशनिश्चरे नरपालिका–४ सोमबारे बस्ने ४३ वर्षीय कर्ण बहादुर लिम्बुको घर नजिकैको ग्वालीमा आइतबार राति आगलागी भएको छ ।

धनुषा, २६ मंसिर । बटेश्वर गाउँपालिका–५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता देवी यादवको धारिलो हतियार प्रहारबाट सोमबार बिहान मृत्यु भएको छ ।

सर्लाही, २६ मंसिर । लालबन्दी नगरपालिका–१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित एक जना पक्राउ परेका छन् ।

मोरङ, २६ मंसिर । बुढीगङ्गा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेजमा राज मिस्त्रीको काम गर्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

काठमाडौं, २६ मंसिर । निर्वाचन आयोग प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

वीरगन्ज, २६ मंसिर । नेपाल किसान महासंघ पर्साले धानको समर्थन मूल्य कार्यान्वयनको लागि खाद्य संस्थान वीरगञ्जमा धर्ना दिएको छ ।

काठमाडौं, २५ मंसिर । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ ।

विराटनगर, २५ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ स्थापनाको बेला उत्साही युवा छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताएका छन् ।

काठमाडौं, २५ मंसिर । अपाङ्गता संरक्षण नेपालले आइतबार आयोजना गरेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा बी.पी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार सहभागी भएका थिए ।

धनुषा, २५ मंसिर । मिथिला नगरपालिका–९ बडहरीमा ना.६ ख २४१० नम्बरको ट्रकले ज.१० प ७८३९ नम्बरको मोटरसाइकललाई एक जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ