नेपालगन्ज, १७ मंसिर । मानव अधिकार तथा शान्ति समाजले बाँके नेत्रहिन संघलाई रु. २५ हजार सहयोग प्रदान गरेको छ । अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्वर मंसिर १७ का दिन नेपालगञ्जमा सो सहयोग हस्तान्तरण गरिएको हो ।
धनुषा, १७ मंसिर । गणेशमानचारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ना.१ ज ८३९६ नम्बरको विङगर गाडी र ज.१ च १४९६ नम्बरको पिकअप गाडी एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बाँके, १७ मंसिर । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको शुक्रबार निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
इमरान खान, कपिलवस्तु, १६ मंसिर । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकरचौडामा बिहिबार साँझ भारतिय नागरिक माथि गोली प्रहार भएको छ ।
धनुषा, १६ मंसिर । मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा बादबिवाद भई भएको झै–झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको छ ।
मंसिर ४ मा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । अर्को सातासम्म सबै परिणामहरू औपचारिकरूपमा सार्वजनिक भई सक्ने अनुमान छ । प्रमुख निर्वाचन आयोगले सम्पन्न निर्वाचनको परिणाम राष्ट्रपति समक्ष बुझाउने काम पनि छिट्टै पूरा हुनेछ ।
काठमाडौं, १६ मंसिर । मधेशमा मधेशवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने सम्भावना न्यून देखिएको छ । यसअघि पहिलो प्रदेश सभामा पनि जसको प्रदेश सभा सदस्य संख्या बढी थियो त्यसको नेतृत्वमा सरकार बनेको थियो ।
काठमाडौं, १६ मंसिर । देश र मधेश दुवैको राजनीतिक मैदानमा आउँदै प्रहारको प्रभावबाट चर्चा बटुलेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई आया राम गया रामको थेगोलाई फेर्नुपर्ने चुनौती आइपरेको छ ।
इमरान खान, कपिलवस्तु, १५ मंसिर । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष जाहिद खाँ को अगुवाइमा कपिलवस्तु नगरपालिका वडा नं. १ तौलिहवास्थित रहेको निर्माणाधीन चिल्ड्रेन पार्कको मर्मत तथा सुधार गर्नको लागि पहल थालिएको छ ।
काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
काठमाडौं, १५ मंसिर । विगत केही दिनदेखि सामाजिक संजालमा भाइरल काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहसहित मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियो प्रति मधेशी आयोगले कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।
कैलाली, १५ मंसिर । धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतरा नजिक सडक पिच गर्न प्रयोग भइरहेको ना.१ क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले किच्दा साइकलयात्री सोही उपमहानगरपालिका–५ पञ्चोदय माबि हसनपुरमा अध्ययनरत छात्रा बैतडी डिलासैनी गाउँपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने १५ वर्षीया
पर्सा, १४ मंसिर । वीरगंज महानगरपालिका–२५ चण्डाल चोकमा ना.३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–२४ बहुअरी बस्ने ७० वर्षीय रुपा राउत कुर्मीको बुधबार दिउँसो मृत्यु भएको छ ।
रूपन्देही, १४ मंसिर । तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ५६ ए १५९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक भारत घर भएका ६३ वर्षीय हरजद अली मुसलमानको मृत्यु भएको छ ।
बाँके, १४ मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडक पेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको हो ।
रुपन्देही, १४ मंसिर । नेकपा एमाले प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि धेरै मत पाएर पहिलो दल बनेको छ । ३२ दलले प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए ।
विराटनगर, १४ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै काँग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् ।
जनकपुरधाम, १४ मंसिर । श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो ।
काठमाडौं, १४ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।
वीरगन्ज, १३ मंसिर । किसानहरूका लागि मलको आपूर्ति सहज बनाउन नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
बारा, १३ मंसिर । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट ना.३ ख ५१६५ र ना.६ ख ४९४२ नम्बरको दुई वटा ट्रकबाट बिल भरपाई भन्दा बढी मूल्यको सामानहरु बरामद भएको छ ।
झापा, १३ मंसिर । जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी कन्काई नगरपालिका–४ बस्ने ७७ वर्षीय धनपति ढुङगानालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १३ मंसिर । धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।