काठमाडौं, १२ मंसिर । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई–मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ ।

वीरगञ्ज, १२ मंसिर । लैङ्गिक हिंसामा परेका पीडित सहित अन्य हिंसामा परेकाहरूलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्रमा हालसम्म ३ सय ९५ जनालाई सेवा प्रदान गरिएको छ ।

काठमाडौं, १२ मंसिर । भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उप–प्रमुखद्वय मञ्जली शाक्य तथा सुनीता डङ्गोलको उपस्थितिमा आइतबार ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन् ।

इमरान खान, कपिलवस्तु १२ मंसिर । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा वडा नम्बर १ बुद्ध पदम स्कुलको खेल मैदानमा आइतबार साँझ ७ बजे देखि जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा तथा सुन्नी जमा मस्जिदको शिलान्यास कार्यक्रम भव्य रुपका साथ सम्पन्न भएको छ ।

काठमाडौं, १२ मंसिर । सीताराम विवाहपञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।

विराटनगर, ११ मंसिर । बेरोजगार युवाहरूलाई रोजगार बनाउने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ ।

जनकपुरधाम, ११ मंसिर । सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

जनकपुरधाम, ११ मंसिर । जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ ।

महोत्तरी, ११ मंसिर । महोत्तरी १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।

सर्लाही, ११ मंसिर । सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

जनकपुरधाम, १० मंसिर । धनुषा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी भएका छन् ।

इमरान खान, कपिलवस्तु, १० मंसिर । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् ।

जनकपुरधाम, १० मंसिर । “आतंकवाद विरुद्ध, शान्ति अभियान” नारासहित जनकपुरधाम जनकचौकमा कोणसभाको आयोगना गर्दै जनकचौकबाट जानकी मंन्दिरसम्म कैन्डिल मार्च गरी समापन गरिएको छ ।

काठमाडौं, १० मंसिर । १४ वर्ष अघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिबार काठमाडौंस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ।

बाँके, १० मंसिर । नेपालगंज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ३३ वर्षीय लब बन्जाडेको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।

इमरान खान, कपिलवस्तु, १० मंसिर । कपिलवस्तको क्षेत्र नं. ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् ।

इमरान खान, कपिलवस्तु, ९ मंसिर । कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ मा एमालेले प्रतिनिधि र प्रदेश सभाको दुवै सिट जित्दै उक्त क्षेत्र एमालेमय बनेको छ ।

विराटनगर, ९ मंसिर । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित भएका छन् ।

जनकपुरधाम, ९ मंसिर । जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ ।

नेपालगञ्ज, ८ मंसिर । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन् ।

वीरगन्ज, ८ मंसिर । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन् ।

कैलाली, ८ मंसिर । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन् ।

रुपन्देही, ८ मंसिर । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् ।

रौतहट, ८ मंसिर । रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् । उनले ३२४३७ मत प्राप्त गरेका हुन् ।

रौतहट, ८ मंसिर । गौर नगरपालिका–१ गौर बस्ने ईश्लाम मियाँको घरमा रहेको कपास, सिरक, डस्नाको गोदाममा बुधबार राति आगलागी हुँदा सोही ठाउँ बस्ने महम्द ईश्लाम मियाँकी छोरी ९ वर्षीया रोक्शाना खातुन सहित ३ जना बालबालिकाको आगलागीमा परी जलेर मृत्यु भएको छ ।

ट्रेन्डिङ