इमरान खान, कपिलवस्तु, २७ कार्तिक । कपिलवस्तु जिल्लाको सबैभन्दा पुरानो समाजसेवी एवं जिल्ला प्रशिद्ध नेता स्वर्गीय विष्णु प्रसाद चौहानको छोरा दुर्गा चौहान र कपिलवस्तु जिल्लाकै सबैभन्दा कान्छो राप्रपाबाट चुनाव चिन्ह हलोबाट प्रदेश सभा सदस्य (बिधायक) को उम्मेदवार बनेका छन् ।
धनुषा, २६ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ (१) मधेश प्रदेश सभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
रूपन्देही, २६ कार्तिक । बुटवल उपमहानगरपालिका–१४ शान्तिनगर टोल बस्ने ३१ वर्षीय सुमीत बिरकट्टाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
कैलाली, २६ कार्तिक । धनगढी उपमहानगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ३ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, २६ कार्तिक । निर्वाचन आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षाा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
काठमाडौं, २६ कार्तिक । अमेरिकाको कनेक्टिकट राज्यमा ब्यापार, ब्यबसाय गर्दै आएका बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा काठमाडौं कपनमा रहेको केयर बाल गृहलाइ रु. १५,१००÷– (पन्ध्र हजार एकसय) आर्थिक सहयोग गरेका छन्।
चितवन, २५ कार्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई आग्रह गरेका छन् ।
बाँके, २५ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने नवराज खड्काको घरमा बिहीबार दिउँसो आगलागी भएको छ ।
विराटनगर, २५ कार्तिक । बेलबारी नगरपालिका–१ ढुकुरे चोक बस्ने डबल खान ठकुरीको घरमा रहेको हार्डवेयर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
रूपन्देही, २५ कार्तिक । बुटवल उपमहानगरपालिका–१३ बेलबास चोकमा लु.६७ प ५३४९ नम्बरको मोटरसाइकललाई ना.५ ख ५१९५ नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
रौतहट, २५ कार्तिक । मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित ६ जना पक्राउ परेका छन् ।
काठमाडौं, २४ कार्तिक । मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पु¥याईएको छ ।
कपिलवस्तु, २४ कार्तिक । महाराजगंज नगरपालिका–२ स्थित २ नम्बर वडा कार्यालय भवनको वडा अध्यक्ष कार्यकक्षबाट ढोकाको ताल्चा फोडेर चोरी भएको छ ।
बाँके, २४ कार्तिक । कोहलपुर नगरपालिका–१३ स्थित सडकमा बिग्रिएर रोकी राखेको ना.५ ख ३४५९ नम्बरको ट्रकमा भे.९ प ७१३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरी, २४ कार्तिक । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी सप्तकोशी नगरपालिका–९ कमलपुर गाउँ बस्ने ४५ वर्षीय बिशेश्वर खंगलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २४ कार्तिक । भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम सहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, २३ कार्तिक । संघीय शहरी विकासमन्त्री मेटमणि चौधरीलाई आवश्यक कारबाही गर्न मधेशी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
विराटनगर, २३ कार्तिक । नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
नेपालगन्ज, २३ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार किशोरसिंह राठौरले देशैभर गठवन्धनको लहर रहेको बताएका छन् ।
कपिलवस्तु, २३ कार्तिक । यशोधरा गाउँपालिका–४ अम्लनहा बस्ने गणपत लोधको घरगोठमा आगलागी हुँदा डेढ लाखभन्दा बढीको क्षति भएको छ ।
मोरङ, २३ कार्तिक । बुढिगंगा गाउँपालिका–२ ढार्डस्थित सडकमा को.७ प ८२०७ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
रौतहट, २३ कार्तिक । चन्द्रपुर नगरपालिका–४ स्थित संजय होटलबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
जनकपुरधाम, २३ कार्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल सांस्कृतिक संघ मधेश प्रदेशले गठन गरेको प्रदेशस्तरीय प्रचारप्रसार तथा निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।
काठमाडौं, २३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभा सदस्यका लागि बारा–४ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।