वीरगन्ज, २२ कार्तिक । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा सपष्टीकरण सोधेको छ ।
काठमाडौं, २२ कार्तिक । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गरेका छन् ।
नेपालगन्ज, २२ कार्तिक । जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
पर्सा, २१ कार्तिक । पर्सागढी नगरपालिका–६ चैनपुर बस्ने परमेश्वर गिरीको घर गोठमा सोमबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, २१ कार्तिक । बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्र प्रसाद यादवको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
रूपन्देही, २१ कार्तिक । गैडहवा गाउँपालिका–२ सडहवास्थित सडकमा लु.५ प ९७३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ ।
वीरगन्ज, २१ कार्तिक । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएको छ ।
धनुषा, २१ कार्तिक । मिथिला नगरपालिका–९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्याक्टरमा बिआर०३जे २६६७ नम्बरको कार ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
बारा, २१ कार्तिक । प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोलबाट अवैध रुपमा १२ वटा गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।
पर्सा, २१ कार्तिक । वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज, २१ कार्तिक । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मैथिली भाषालाई मधेश प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् ।
कैलाली, १९ कार्तिक । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल नेतृत्वको टोलीले आशन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा तोकिएका मतदानस्थलको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
जनकपुरधाम, १९ कार्तिक । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको बताएका छन् ।
राकेश प्रसाद चौधरी, जनकपुर, १८ कार्तिक । सर्लाही जिल्लामा कार्यरत प्रहरी हवदार राजेश साह जयसवालसहित पाँचजना इन्टेग्रीटी आइकन २०२२ का लागि छनौट भएका छन् ।
राजविराज, १८ कार्तिक । जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायतका आन्दोलनहरुको उपलब्धी संस्थागत गर्न अझैं संघर्षको आवश्यकतामा रहेको बताएका छन् ।
काठमाडौं, १८ कार्तिक । मौजुदा समयको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको राजनीतिक प्रणाली स्थापना भएपनि सरकारले मधेशीहरूले धोका नै दिएको छ ।
काठमाडौं, १८ कार्तिक । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिता अनुसार बिहीबारदेखि मंसिर १सम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएकाले विभिन्न दलका नेताहरू विभिन्न ठाउँमा पुगरे प्रचार प्रसारका लागि पुगेका छन् ।
कैलाली, १८ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ ।
काठमाडौं, १७ कार्तिक । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका छन् ।
काठमाडौं, १७ कार्तिक । निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो प्रदेशको प्रदेश सभा सचिवालयलाई पत्र पठाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी
सिमरा, १७ कार्तिक । आसन्न आम निर्वाचनमा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हरि महराले बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ(किसान)लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
काठमाडौं, १७ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो ।