महोत्तरी, १० कार्तिक । महोत्तरीको भंगहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
जनकपुरधाम, १० कार्तिक । मिथिलासहित तराई–मधेशका जिल्लाहरूमा भातृ द्वितीय पर्व धुमधामका साथ मनाइएको छ ।
धनुषा, ९ कार्तिक । शहिदनगर नगरपालिका–५ पचहर्वा बस्ने सत्रुधन कापडकी छोरी २ वर्षीया सान्वी कुमारी कापडको आफ्नै घरको छतबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
मोरङ, ९ कार्तिक । कानेपोखरी गाउँपालिका–६ स्थित ग्रामिण सुधार सामुदायिक बनमा प्रदेश १–०२–००३ त १५८७ नम्बरको ट्रयाक्टर खोल्सामा खस्दा चालकको मृत्यु भएको छ ।
कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका–१ उमरीमा ना.६ ख ४७०४ नम्बरको बसबाट खसेर सोही बसका सहचालकको मृत्यु भएको छ ।
रुपन्देही, ९ कार्तिक । सैनामैना नगरपालिका–१ बनकट्टामा लु.२ च १५१३ नम्बरको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
गौर, ८ कार्तिक । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफुहरु स्वतन्त्र चुनाव लड्नुपर्ने बताएका छन् ।
कैलाली, ८ कार्तिक । गौरीगंगा नगरपालिका–५ अण्डैया सिभिर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।
रूपन्देही, ८ कार्तिक । सैनामैना नगरपालिका–५ बुद्धनगरमा लु.४९ प ४८६४ नम्बरको मोटरसाइकल र लु.५७ प १८३७ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मोरङ, ७ कार्तिक । बिराटनगर महानगरपालिका–४ ईकराही बस्ने सुन्दरराज राजवंशीको छोरा ६ वर्षीय धिरज राजवंशीको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ ।
चितवन, ७ कार्तिक । इच्छाकामना गाउँपालिका–४ रमाइलोडांडास्थित सडकमा ना.७ ख ९२३१ नम्बरको ट्रकमा ना.४७ प ९११६ नम्बरको मोटरसाइकल सोमबार बिहान ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकल चालक सर्लाही बाग्मती नगरपालिका–१० घर भएका २५ वर्षीय सुनिल महत्तोको मृत्यु भएको छ ।
धनुषा, ७ कार्तिक । जनकपुर उपमहानगरपालिका–२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपैयाँ सहित महोत्तरी भंगहा नगरपालिका–१ बस्ने २१ वर्षीय सुवम राज चौवेलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ७ कार्तिक । मायादेवी गाउँपलिका–३ बहरवसियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
राजविराज, ६ कार्तिक । चुनावी सरगर्मी बढिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम बढेको छ ।
रुपन्देही, ६ कार्तिक । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
बाँके, ६ कार्तिक । राप्तीसोनारी गाउँपालिका–९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज, ५ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहले मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायतका समुदायको आरक्षणको सुनिश्चितता गराउन सफल भएको दाबी गरेका छन् ।
मोरङ, ५ कार्तिक । उर्लाबारी नगरपालिका–८ मेरी टोल बस्ने हिना आचार्यको घरमा बिद्युत सर्ट भई आगलागी हुदाँ लाखौंको धनमाल जलेर नष्ट भएका छन् ।
रुपन्देही, ५ कार्तिक । देवदह नगरपालिका–४ भनानिपुर बस्ने ढम बहादुर रुचालको छोरा ११ वर्षीय दिपेश रुचालको करेन्ट लागेर मृत्यु भएको छ ।
काठमाडौं, ४ कार्तिक । मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरु काठमाडौं, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरि प्रदान गरिएको छ ।
इमरान खान, कपिलवस्तु, ४ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्वमन्त्री अकवाल अहमद शाहले मतदाताले आफू जिताउने दाबी गरेका छन् ।
सप्तरी २ मा दुवै जना हार्ने सम्भावना छ । यो राज्यको ग्रेण्डडिजाइन हो । राजनीति भनेको यही हो । राज्यको यो राजनीतिलाई सीके राउतले बुझेका छैनन्, उपेन्द्र यादवले अलि–अलि बुझेर पनि बुझ पचाएका छन् ।
डा.मिनाक्षी ठाकुरसँग पिताजीको सचिवालयमा काम गरेको अनुभव पनि छ । ठूलो संघर्षशील विरासत भएको नेताको पारिवारिक सदस्य छोरी मात्रै भएकोले छोरीलाई राजनीतिमा ल्याउँदा त्यति आपत्तिजनक विषय होइन । धेरै क्षमतावान र शिक्षित महिला पार्टीमा आउनुभएको छ, यसलाई सहजरुपले लिनुपर्छ ।