मोरङ, २१ पुस । विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध लुपिजेशिक १० एम्पुल, एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित एक किशोर पक्राउ परेका छन् ।

कपिलवस्तु, २१ पुस । शिवराज नगरपालिका–५ चन्द्रौटा बजारस्थित सोही ठाउँ बस्ने ३४ वर्षीया साबित्रा चन्दको किट्स क्याम्प एण्ड गिफ्ट सेन्टर पसलमा आगलागी भएको छ ।

धनुषा, २१ पुस । मिथिला बिहारी नगरपालिका–२ धमौरा पोखरीस्थित सडकमा ज.२ त ९५२५ नम्बरको ट्याक्टरमा प्र.२–०२–००५ प ५४३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

रौतहट, २१ पुस । आम जनता पार्टी ( आजपा) निकट आइटी आर्मीले शीत लहरको प्रकोपबाट पीडितहरुको उद्दार, राहत तथा यश समस्याको दीगो समाधानका लागि सरकारसंग माग गरेको छ ।

जनकपुरधाम, २० पुस । मधेश प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलको नेतामा सरोज कुमार यादवलाई सर्वसम्मत चयन गरेको छ ।

कपिलवस्तु, २० पुस । जिल्लाको यशोधरा गाउँपालिका ३ नं. वडा कार्यालयले वडा भित्रका बाल सञ्जाल समूहहरूलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ ।

सुनसरी, २० पुस । हिन्दू स्वयंसेवक संघ नेपालले इनरुवा नगरपालिका वडा न. ९ बबियामा उराँव बस्तीमा ४१ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेको छ ।

सिरहा, २० पुस । आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी पक्राउ परेकी छन् ।

नेपालगन्ज, २० पुस । बाँके जिल्लाको खजुरा गाउँपालिकाले विद्यालयहरूमा बिदा दिएको छ ।

महोत्तरी, २० पुस । मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।

सर्लाही, २० पुस । लालबन्दी नगरपालिका–१४ स्थित करिब १३ बिघा जग्गामा लगाईएको अवैध लागूऔषध गाँजाको बिरूवा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

रुपन्देही, २० पुस । जिल्लाको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं, २० पुस । नेपाल पिछडावर्ग (ओबीसी) महासंघका महासचिव, सचिव, प्रवक्ता र एक जना केन्द्रीय सदस्य गरी जना निलम्बनमा परेका छन् ।

काठमाडौं, २० पुस । प्र्धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् ।

काठमाडौं, २० पुस । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले उदयपुरमा मधेशी समुदायसँग सम्बन्धित आउने समस्या वा उजुरीहरुलाई गम्भीरतापूर्वक हेरेर आवश्यक रणनीति बनाइ फास्ट ट्रयाकबाट समाधान गर्न उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको दुईदिने बैठक सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको बैठक मंगलबार साँझ सम्पन्न भएको हो ।

काठमाडौं, १९ पुस । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र सांसदको रुपमा रौतहट–२ बाट निर्वाचित किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

महोत्तरी, १९ पुस । तराई–मधेशमा बढ्दै गएको शीतलहरको कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

काठमाडौं, १९ पुस । आम जनता पार्टी (आजपा) ले मधेश प्रदेशको आठ वटै जिल्लामा संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ ।

काठमाडौं, १८ पुस । जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला सचिवबाट निष्काशित लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

बाँके, १८ पुस । नेपालगंज उपमहानगरपालिका बस्ने २ जना र जानकी गाउँपालिका–३ बस्ने ३ जनालाई धारिलो हतियार प्रहार गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, १८ पुस । मधेश प्रदेशसभा सदस्यमा नवनिर्वाचित प्रदेश सांसद एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले ‘मधेश फर्स्ट’को अवधारणामा प्रतिबद्ध रहने बताएका छन् ।

रौतहट, १८ पुस । जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समितिका सचिव लखिन्द्र यादवलाई निष्काशन गरिएको छ ।

जनकपुरधाम, १८ पुस । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अझै पनि संघीयता कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २६ पुसमा विश्वासको मत लिने भएका छन् ।

ट्रेन्डिङ