धनुषा, १५ फागुन । जनकपुर उपमहानगरपालिका–४ स्थित मालपोत कार्यालयमा काम गराई दिन्छु भनी सेवाग्राहीसँग पैसा लिई बिचौलियाको काम गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कैलाली, १५ फागुन । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया, १५ फागुन । बारबर्दिया नगरपालिकामा बालबालिकाको सपना परियोजना अन्तर्गतको समुदायका अभिभावकहरु र नमुना बुवाहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।
कपिलवस्तु, १५ फागुन । प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्धको संरक्षणमा स्थानीय सरकार तथा सबै सरोकारवालाहरु लाग्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।
कपिलवस्तु, १४ फागुन । शिवराज नगरपालिका वडा नं. ९ बिजगौरीका मेघराज घर्ती १६ किलो लागूऔषध (चरेश) सहित प्रकाउ परेका छन् ।
विराटनगर, १४ फागुन । मोरङको रङ्गेली नगरपालिकाले अति विपन्न घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
जनकपुरधाम, १४ फागुन । जानकी मन्दिरको प्राङ्गणमा तीन दिनसम्म चलेको जनकपुर साहित्य महोत्सव सम्पन्न भएको छ ।
विराटनगर, १४ फागुन । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ ।
काठमाडौं, १४ फागुन । विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका छन् ।
काठमाडौं, १४ फागुन । स्याङ्जामा बसेको मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले समाजको सल्लाहकारहरुमा निवर्तमान सभापति गोविन्द खनाल र पूर्व सभापति उत्तम पुडासैनीलाई नियुक्त गरेको छ ।
विराटनगर, १३ फागुन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर पन्चालीस्थित सगरमाथा सेकेन्डरी स्कुलको २६ औं अभिभावक/विद्यार्थी दिवसको उद्घाटन गरेका छन् ।
काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालको नेतृ एवम् प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ ।
काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
रूपन्देही, १२ फागुन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं, १२ फागुन । जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
मधेशवाणी डेस्क, काठमाडौं, १२ फागुन । राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम द्रुतगतिमा अगाडि आएको छ ।
काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल गरिरहेका छन् ।
बारा, १२ फागुन । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश स्तरीय कृषि बजारको जग्गाको कृषिमन्त्री ज्वाला कुमारी साह सहितको टोलीले निरीक्षण गरेकी छन् ।
बाँके, १२ फागुन । नरैनापुर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिराटनगर, ११ फागुन । १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन् । उद्घाटन पश्चात मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षणसमेत गरेका हुन् ।
काठमाडौं, ११ फागुन । काठमाडौंस्थित भारतीय राजदूतावासले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयको वाल्मिकी विश्वविद्यालय र अक्षर यात्री प्रतिष्ठान, भारतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘नेपाल–भारत बहुभाषिक कविता महोत्सव’ आयोजना गरेको छ ।
वीरगंज, ११ फागुन । आगामी चैते धान बालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिने क्रम शुरु भएको छ ।