कमल राज पौडेल देककमल, बर्दिया, १९ फागुन । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला उत्थान संघले लुथरन वाल्र्ड रिलिफको सहयोगमा “यूवा तथा महिला उद्यमशिलता विकास परियोजना” अन्र्तगत उद्यमशिलताको माध्यमबाट यूवा तथा महिलाको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य सहितको नगरपालिका स्तरीय परियोजना शुभारम्भ बैठक सम्पन्न गरेको छ ।

विराटनगर, १९ फागुन । जनता समाजवादी पार्टी, नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।

काठमाडौं, १९ फागुन । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगबाट निर्णय भएको छ ।

काठमाडौं, १९ फागुन । नेपाल भ्रमणमा रहेका बंगलादेश सरकारका प्रतिनिधिहरु, बंगलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मलित एक उच्चस्तरीय टोलीले मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरुसँग भेट गरेका छन् ।

जनकपुरधाम, १९ फागुन । सखुवा, महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् ।

जनकपुरधाम, १८ फागुन । जानकी मन्दिर परिसरमा जानकी मन्दिरको कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्नमा पूर्ण रुपमा निषेध गरिएको छ ।

जनकपुरधाम, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिको चुनाव सम्पन्न भएपछि वृहत् सहमतिको सरकार बन्ने बताएका छन् ।

मोरङ, १८ फागुन । प्रदेश नं १ को प्रदेशसभाको दोस्रो कार्यकालबाट नामाकरण टुंगो लागेको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले प्रदेशको नाम ‘कोशी’ बहुमतले पारित गरेको हो ।

वीरगन्ज, १८ फागुन । पर्साको पर्सागढी नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा, १८ फागुन । वीरगञ्ज महानगरपालिका–३१ मिलन चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी मकवानपुर राक्सिराङ गाउँपालिका–६ बस्ने १८ वर्षीय र १५ वर्षीय २ जना किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाँके, १७ फागुन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजेश वर्मा विधिवत रुपमा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

विराटनगर, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ समितिकोे बैठक सम्पन्न भएको छ ।

काठमाडौं, १७ फागुन । प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।

कैलाली, १७ फागुन । धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

जनकपुरधाम, १७ फागुन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी भूमिहीनहरूको अनिश्चितकालीन धर्नामा राष्ट्रिय एकता अभियानले ऐक्यवद्धता जनाएको छ।

इमरान खान, कपिलवस्तु, १७ फागुन । खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

विराटनगर, १६ फागुन । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।

जनकपुरधाम, १६ फागुन । छिमेकी मित्रराष्ट्र भारतको आदर्श श्रमजीवी पत्रकार महासंघका प्रतिनिधि र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्षबीच भेटवार्ता भएको छ ।

नेपालगञ्ज, १६ फागुन । सामान्यतया सरकार परिवर्तन भएपछि एउटाले छोड्ने र अर्काले लिएपछि कस्तो परिस्थितिमा सत्ता सम्हालिएको थियो भन्ने कुराको विवरण दिने गरिन्छ ।

विराटनगर, १६ फागुन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुनआएको दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

काठमाडौं, १६ फागुन । मधेशी एकता समाज युएईले दुबईमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

रौतहट, १५ फागुन । जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट प्रहरीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

काठमाडौं, १५ फागुन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतका शैक्षिक स्तरोन्नतिका लागि दुवै देशबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको छानविन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कमलराज पौडेल देवकमल, बर्दिया, १५ फागुन । बैंक तथा लघुबित्त र सहकारी संस्थाहरुको चर्को ब्याज तिर्न बाध्य भई ऋण मुक्त नभएका व्यक्तिहरु सबैले साथ दिए आफूले ऋण मिनाहा गराउने राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिका साथै नागरिक बचाउ महाअभियानका प्रमुख अभियन्ता दुर्गा प्रसाईले बताएका छन् ।

ट्रेन्डिङ