जनकपुरधाम, २९ असोज । नापी कार्यालय धनुषाका २९ कर्मचारी सहित थप एक सय नयाँ कोरोना संक्रमित थपिएका छन् ।
सर्लाही, २९ असोज । रोग, कीराको प्रकोपले सर्लाहीमा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।
कैलाली, २९ असोज । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै कैलाली जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।
सर्लाही, २८ असोज । नेपाली कांग्रेसको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध अश्रुग्यास र लाठी बर्साएको छ । सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै कांग्रेसले मलंगवामा प्रदर्शन गरेको थियो ।
काठमाडौं, २८ असोज । चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरिक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको छ ।
सिरहा, २८ असोज । एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।
रौतहट, २८ असोज । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको बिजयपुरमा ऐलानी जग्गाको विषयमा विवादपछि भएको झडपमा ४ जना घाइते भएका छन् ।
जनकपुरधाम, २८ असोज । चाडपर्व नजिकिँदा पनि तलब दिन आनाकानी गरेको भन्दै धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारीहरू १७ दिनदेखि धर्ना बसेका छन् ।
रुपन्देही, २८ असोज । सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने सहमति गरेका छन् ।
रौतहट, २८ असोज । रौतहट क्षेत्र नम्बर ३ का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटमा जारी शहरी विकास लगायतका पूर्वाधार निर्माण कार्यको अनुगमन गरेका छन् ।
परासी, २७ असोज । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
महोत्तरी, २७ असोज । महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ ।
नेपालगञ्ज, २७ असोज । नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राजविराज, २७ असोज । बलात्कार र महिला हिंसाका मुद्दामा प्रहरीले लापरबाही गरेको भन्दै महिला अगुवाहरुले प्रदर्शन गरेका छन् ।
काठमाडौं, २७ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ ।
काठमाडौं, २७ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधनमा काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
बाँके, २७ असोज । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ ।
जनकपुरधाम, २७ असोज । प्रदेश २ को प्रदेश सभाले प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धी दुई विधेयक पारित गरेको छ ।
वीरगन्ज, २७ असोज । नेपालमा कोरोना महामारी चरमोत्कर्षमा पुगेको बेला जसपाले वीरगञ्जमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।
सिरहा, २७ असोज । प्रहरी थुनामा रहेका मान्छे छुटाइ दिन्छु भन्दै पैसा असुल्ने नेपाली कांग्रेस सिरहा जिल्ला सदस्य रामबाबु यादव पक्राउ परेका छन् ।
काठमाडौं, २७ असोज । जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुलाई कारबारही गर्न तराई मधेश वृहत् लोकतान्त्रिक मोर्चाका संयोजक सरिता गिरीले सरकारसँग माग गरेकी छन् ।