राकेश यादव, रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ गंगा पिपरामा निर्वाचित वडा अध्यक्षले वर्षौंदेखि भोग चलनमा रहेको जग्गा बल प्रयोग गरी आफ्नो नजिकको व्यक्तिलाई कब्जा गराउन लागेको घटना बाहिरिएको छ ।
मधेश र मधेशीको अधिकार तथा विभेदमुक्त समाज निर्माण गर्न थालिएको मधेशवाणी यात्रा आजदेखि २१औं वर्षमा प्रवेश गरेको छ । हामीलाई २०औं वर्षे यात्रामा सहयोग गर्नुभएका सम्पादकमण्डल, पत्रकार, कर्मचारी, विज्ञापनदाता, वितरक, पाठक र शुभेच्छुक वर्गप्रति कृतज्ञता ज्ञापन गर्दछौं ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सात वटै प्रदेशका उपसभामुखहरूलाई आफ्नो कार्यकक्षमा स्वागत तथा सम्मान गरेका छन् ।
जनकपुरधाम । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गर्ने निर्देशन दिएका छन् ।
काठमाडौं । वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा विभिन्न अभियानी संघ संस्थाहरूको आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्बभन्दा बढीको भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष सार्वजनिक भएपछि राष्ट्रिय एकता अभियानले यस कदमको सराहना गरेको छ।
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति बनाएर सत्य, तथ्य छानविन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको छ ।
वीरगन्ज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस र एमाले मिलेर बनेको सरकारले संविधान संशोधन र सुशासनको जन अपेक्षा पुरा गर्नुपर्नेमा जोड दिएका छन् ।
सिरहा । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जमा शोभा यात्राका क्रममा सृजना भएको तनाव र विकसित घटनाक्रमप्रति चासो व्यक्त गरेका छन् ।
जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सद्भाव र सहिष्णुता नै स्थायी शान्तिको आधार भएको बताएका छन् ।
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् ।
काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा –एमाले)का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।
राजविराज । राष्ट्रसेविका नेपालले नव वर्ष २०८२ सालको उपलक्ष्यमा सप्तरी जिल्लाको गजेन्द्र चौकमा सोमबार साँझ नेपालको नक्सा बनाई दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
काठमाडौँ । महान समाज सुधारक, संविधान निर्माता तथा हिन्दू वाङ्मयका विद्वान डॉ. भीमराव अम्बेडकरको जयन्ती र नेपाली नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रिय एकता अभियानद्वारा आयोजित शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौं । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अनिलकुमार झाले नैतिकहीन, गैरकानूनी तथा गैरराजनीतिक कार्य गरेको आरोप लागेको छ ।
राकेश यादव, रौतहट । लोकतान्त्रिक पत्रकार संघ रौतहटको आयोजनामा सोमबार गरुडामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज । हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा भएको झडपपछि उत्पन्न विवादलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको छ ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले बैशाख २ गते मंगलवार जुड शीतल तथा सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
जनकपुरधाम । वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामाथि ढुँगा प्रहार गरी कार्यक्रम विथोलिएको घटनाको विरोधमा जनकपुरधामस्थित राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेको छ ।