काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार कोटेश्वरमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले शुक्रबार राजावादीहरुको प्रदर्शनको क्रममा भएका हत्या, हिंसा, लुटपाट, आगजनीको भर्त्सना गरेका छन् ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राजावादीहरुले शान्तिपूर्ण आन्दोलनको चरित्रलाई कलंकित पारेको आरोप लगाएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले नेपाल सरकारले शान्ति सुरक्षा कायम गर्न, जनधनको सुरक्षा गर्न र हिंसात्मक गतिविधिहरू रोक्न असफल र असक्षम सावित भएको बताएका छन् ।

काठमाडौं । राजावादीहरुले शुक्रबार गरेको विरोध प्रदर्शनका क्रममा भएका अराजक गतिविधिहरुको जनमत पार्टीले भर्त्सना गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार अबेर साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढका पाँचवटा लाइन होटल अनुगमन गरेका छन् ।

सर्लाही । प्रस्तावित संघीय लोकतान्त्रिक गठबन्धनका नेताहरुले सर्लाही जिल्लाका दुई फरक–फरक स्थानका पीडित परिवारहरूसँग भेटघाट गर्दै उनीहरूको दुःखमा ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास भएको छ ।

जनकपुरधाम । उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले बुधबार जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ ।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

रूपन्देही । शुद्धोधन गाउँपालिका–३ बेतानीस्थित सडकमा लु.३ त ६३२२ नम्बरको ट्याक्टरले लु.४१ प ७५९६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका–५ बस्ने ३५ वर्षीय राजन अर्यालको मृत्यु भएको छ ।

काठमाडौं । जनकपुरका पत्रकार वृजकुमार यादव लगायत तीन जना विरुद्ध विशेष अदालतमा बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

काठमाडौं । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राजसंस्थाको पुनःस्थापनाको मागको मूल उद्देश्य नेपालमा चिनियाँ विस्तारवादलाई संस्थागत रहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताएका छन् ।

सप्तरी । छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सौर्य उर्जा र हाइब्रिड कृषि सिंचाईं आयोजना निर्माण हुने भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् ।

काठमाडौं । दैलेख जिल्लाको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मनोमानी र ज्यादती बिरुद्ध कवाड व्यवसायीले महानगर घेर्ने चेतावनी दिएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीका काठमाडौं उपत्यका इन्चार्ज आर्या पाण्डेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह साईकल चोर भएको टिप्पणी गरेका छन् ।

बर्दिया । जिल्लास्तरीय संयुक्त राष्ट्रवादी जनआन्दोलन परिचालन समिति बर्दिया गठन भएको छ ।

काठमाडौं । अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कारबाट तराई–मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष, समाजसेवी एवं महिला नेतृ सुनिता साह (क्रान्ति) सहित १५ जनालाई भारतको कलकत्तामा सम्मान गरिएको छ ।

जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन् । यहाँका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासा तीव्र भएपछि मुख्यमन्त्री सिँहले होटल अनुगमन सुरु गरेका हुन् ।

काठमाडौँ । मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरूले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक रहेको बताएका छन्।

जनकपुरधाम । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ ।

ट्रेन्डिङ