काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् ।

काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रित हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानित संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको बताएकी छन् ।

राकेश यादव, रौतहट । जनता समाजबादी पार्टी नेपालका युवा नेता एवम् मधेश प्रदेश सरकारका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादवले वर्षौंदेखि अधिग्रहणको विषयमा विवादित रहेका गौर राइस मिलको जग्गाको टुंगो लगाउनु एक मात्र विकल्प रहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिभिन्न विदेशी इन्टरनेट एप्सहरु मार्फत बर्षेनी नेपालबाट राज्यको खरबौ रकम विदेशीदै रहेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मौन बसेको टिप्पणी गरेका छन् ।

सुनसरी । भारत सरकारको सहयोगमा जिल्लाको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।

राकेश यादव, रौतहट । गौर नगपालिकाका नगर प्रमुख शम्भू साह कानूले गौरमा भइरहेको आन्दोलन खाएको पैसा पचाउनका लागि रहेको टिप्पणी गरेका छन् ।

कमलराज पौडेल देवकमल, बर्दिया । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उन्मूलन अभियान सम्बन्धि खोपकर्तालाई अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने धारणा राखेका छन् ।

काठमाडौं । नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्कर्ष निकालेको छ ।

रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको दुई दिवसीय बैठक सम्पन्न भएको छ । महोत्तरी जिल्लाको बर्दिवासमा सोमबार सम्पन्न बैठकले १३बुँदे निर्णयहरु सार्वजनिक गरेको छ ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा भारत प्रस्थान गरेकी छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनसुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उद्घाटन गरेका हुन् ।

सप्तरी । तराई–मधेश महिला फाउन्डेशनले सप्तरीको तिलाठी कोइलाडीमा होली मिलन समारोह एवं शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

सर्लाही । नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र तीव्र भइरहेको वर्तमान परिस्थितिमा गणतन्त्रवादी दलहरू एकताबद्ध भएका छन् ।

काठमाडौं । राष्ट्रिय एकता अभियानले केही समय यता देशमा राजावादीहरुको मनोबल बढेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सनातनी हिन्दू धर्मलाई राजनीतिक स्वार्थका लागि उपयोग गर्दै राजावादीहरु गणतन्त्र मास्न उद्यत रहेको बताएको छ ।

काठमाडौं । पोखरामा एक साता बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरु काठमाडौं विमानस्थलको मुख्य गेट अगाडि भेला भएका छन् ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा स्वागत गर्न देशका विभिन्न भागका राजावादीहरु आउन लागेका छन् ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्नका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादी राजनीतिक दल, संघसंस्था तथा नागरिक अगुवाहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था भोटको राजनीतिभन्दा माथिको संस्था रहेको बताएका छन् ।

महोत्तरी । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक जिल्लाको बर्दिवासमा सुरु भएको छ ।

ट्रेन्डिङ