काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तक कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको अनावश्यक र मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको टिप्पणी गरेका छन् ।
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा शनिबार २३ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । सो कार्यक्रममा छात्रवृत्तिद्वारा समर्थित लगभग २०० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
रुपन्देही । जनता समाजवादी पार्टी नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका शीर्ष नेतृत्वसहित विभिन्न पार्टीका करिब २०० बढी नेता कार्यकर्ता प्रवेश गरेका छन् ।
काठमाडौं । स्वतन्त्र तराई राष्ट्र राज्यका लागि सशस्त्र भूमिगत विद्रोह गर्दै आएका जयकृष्ण गोइतले आफ्नो जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को नाम परिवर्तन गरेका छन् ।
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ६० औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट पहिलो दिन ४ सय भन्दा बढी मोबाइल फोन बरामद भएको छ।
काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त आफ्नो ६ वर्षको कार्यकाल समाप्त गरी पदबाट अवकाश लिई विदा भएका छन् ।
काठमाडौं । मधेशी आयोगले स्थापनाको छैठौं वार्षिकोत्सव मनाएको छ । बिहीबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित आयोगको वार्षिकोत्सवमा प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले मधेश यो देशको मुटु रहेको बताएकी छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी खस संघ, नेपालले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको कार्य विभाजन गरेको छ ।
काठमाडौं । स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तलाई आत्मसात गर्दै बहुल राष्ट्रिय राज्यको स्थापना हेतु राष्ट्रिय मुक्ति क्रान्तिको महाअभियानमा सरिक हुन दुई सयभन्दा वढी नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय मुक्ति पार्टी नेपालमा एक भब्य कार्यक्रमको आयोजना गरि प्रवेश गरेका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सहित अन्तरिम सरकार गठनको माग गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई मधेशले ३ विकेटले पराजित गरेको छ ।
काठमाडौं । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा मकवानपुरमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजना उद्घाटन गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् ।
काठमाडौं । निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको तिथि सरेको छ ।
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्वास राखेको मुलुकको महत्वपूर्ण संगठन भएको चर्चा गर्दै निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनु जरूरी रहेको बताएका छन् ।
जनकपुरधाम । एसइईको परीक्षालाई मर्यादित गर्ने निर्णय कार्यान्वयन नभएपछि मधेश प्रदेश सरकार परीक्षाको सम्पूर्ण प्रक्रियाबाट अलग भएको घोषणा गरेको छ ।
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवा नाकामार्फत ट्रकमा युरो र अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले आफू आजसम्म कुनै दल, समूह वा कुनै राजनीतिक अभियानमा नलागेको बताएका छन् ।
सप्तरी । जिल्लाको राजविराज नगरपालिका ६ स्थित खर्साल टोलमा सोमबार बेलुका आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने पदाधिकारी बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउँन विभिन्न कमाण्ड तोक्नुका साथै समसामयिक बिषयमा समेत महत्वपूर्ण निर्णय गर्दैछ ।