काठमाडौं । आसन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ उत्साहित हुँदै विगतभन्दा राम्रो नतिजा ल्याउने जनाएको छ ।
जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा(एसइई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियाबाट मधेश प्रदेश सरकार अलग हुने चेतावनी दिइएको छ ।
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले मैथिल ब्राह्मण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।
काठमाडौं । काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना पदाधिकारी माथी लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ ।
जनकपुरधाम । स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको सप्तरी सदरमुकाम राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारणबारे सरकारसँग प्रश्न सोधेका छन् ।
जनकपुरधाम । सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ ।
काठमाडौं । मुस्ताङ्ग जिल्लाको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई (BHIM UPI) सेवा शुभारम्भ गरिएको छ ।
काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ ।
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे महिनामा काठमाडौँमा आयोजना हुने एकता महाधिवेशनलाई असर पार्ने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ।
कमल राज पौडेल देवकमल, बर्दिया । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔ महा–अभियानका अभियन्ता दुर्गा प्रसाईं यही चैत्र ०५ गते बर्दियाको सदरमुकाम गुलरिया आउन लागेका छन्।
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेजबीच शैक्षिक समझदारी भएको छ ।
काठमाडौं । काठमाडौँ स्कुल अफ लका एकजना विद्यार्थीबाट काठमाडौँ स्कुल अफ ल का पदाधिकारी तथा शिक्षकहरूबाट विद्यार्थी तथा शिक्षण सहायकहरुलाई दुव्र्यवहार हुने गरेको भन्ने पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको र त्यसैको हवाला दिँदै सम्प्रेषित समाचारप्रति कलेजको गम्भीर ध्यानाकर्षण भएको छ ।
महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मटिहानीमा पाँच सैय्याको प्रस्तुति गृह अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल र अन्य निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका छन् ।
अजय चापागाई, बर्दिया । राजसंस्था र हिन्दूराज्य पुनर्स्थापनाका लागि बर्दियामा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ ।
काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ ।
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला कार्य समिति धनुषाले राजर्षी जनक विश्वबिद्यालमा ज्ञापन पत्र बुझाएको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले सरकार बनेको ८ महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक नगर्नेले सुशासनको गफ मात्रै दिएर सुशासन कायम हुन नसक्ने बताएका छन् ।
काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँचबुँदे माग राखी गरिरहेको आन्दोलन १०औं दिन पनि जारी राखेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भएको टिप्पणी गरेका छन् ।
जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको मधेश प्रदेश समन्वय समिति बैठक मंगलबार सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ ।