काठमाडौं, १६ फागुन । नेपाली सौन्दर्य प्रतियोगिता एवं फेशन कोरियोग्राफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ ।

काठमाडौं, ११ फागुन । भोजपुरी लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ ।

काठमाडौं, ६ फागुन । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । नायक खानसहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउन लागेको हो ।

काठमाडौं, माघ २८ । । विश्व प्रसिद्ध भारतीय पाश्र्व गायिका लता मंगेशकरको नाममा नेपालमा पुस्कारको स्थापना भएको छ ।

काठमाडौं, २५ पुस । म्यानमारको माण्डलेमा आयोजना हुने मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको सहभागिता जनाउन उर्मिला उप्रेती सिलवाल मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ चयन भएकी छन् ।

काठमाडौं, १८ पुस । विवाहित महिलाको नेपालकै सबभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन् । 

काठमाडौं, १६ पुस । विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्डको फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं, १२ मंसिर । भारतका पूर्वप्रधानमन्त्री तथा भारत रत्न अटलविहारी बाजपेयीको सम्मानमा स्थापित ‘मिथिला रत्न’बाट बलिउड गायक आदित्यनारायण झा सम्मानित भएका छन् ।

काठमाडौं, १० पुस । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ’वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का प्रतियोगीहरुले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा देखाएका छन् । 

काठमाडौंं, २९ मंसिर । सञ्चारकर्मी चन्द्रमणी गौतम ‘बिरिसु लोक संगीत सम्मान–२०७८’ बाट सम्मानित भएका छन् । 

काठमाडौं, २ मंसिर । ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा हुँदै आएको सौन्दर्य प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ ।

काठमाडौं, १४ कार्तिक । हिन्दी फिल्म ‘उचाइ’को छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ ।

काठमाडौं, १३ कार्तिक । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम ’लानी धिनी’ बजारमा आएको छ । अबिरल तामाङको

काठमाडौं, ४ कार्तिक । बलिउड सुपरस्टार सुनील सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टका अनुसार उनले ‘एक्स–९’ चलचित्रमा अभिनय गर्ने छन् ।

जनकपुरधाम, १ असोज । विजया लक्ष्मी मिडिया फाउण्डेशनको आयोजनामा आज असोज १ गतेदेखि धनुषाको सपहीमा तेस्रो मिथिला लोक सांस्कृतिक महोत्सव एवं चलचित्र दिवसको भव्य आयोजना गरिएको छ ।

काठमाडौं, ३० भाद्र । बलिउड फिल्म उचाईको निर्देशकसहितको टोली मनाङ, लुक्ला, लाङटाङ लगायतका हिमाली थलोहरुमा सुटिङ लोकेसनको खोजी गरेर मुम्बई फर्किएको छ ।

महोत्तरी, ३ भाद्र । महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ ।

काठमाडौं, ३ भाद्र । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । 

मैथिली गीत, संगीत, सिनेमा र साहित्यको चर्चा हुदाँ सप्तरीको नाम अगाडी आउँछ । सप्तरीमा घर–घरमा कलाकार छन् र गीत संगीत पढने, अनुभव गर्नेको संख्या पनि धेरै छन् । त्यसमा पनि गीत लेखन विधा धेरै नै महत्वपूर्ण विषय हो ।

काठमाडौँ, २४ साउन । मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट सार्वजानिक गरिएको हो ।

काठमाडौं, २४ साउन । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा‘हल्का हल्का’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो उनै मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

जब म पेजेन्टको निर्देशकको रूपमा नियुक्त हुन्छु, मेरो यस क्षेत्रको लामो अनुभव र दक्षताले मेरो भूमिकालाई पेशागत तथा व्यवशायिक रुपमा आफ्नो उत्कृष्ट योगदान दिई उक्त कार्यक्रमलाई एक भव्य शोमा परिणत गर्ने आयोजकलाई आश्वस्त पार्दछु । पेजेन्ट निर्देशक नै कुनै पनि पेजेन्टको नेतृत्वकर्ता हुन्छन त्यसैले उनीहरुले तयार पारेको ढाँचा अनुसार यसमा सम्बन्धित सम्पूर्णले टिमले आ–आफ्नो काम गरेका हुन्छन ।

7/25/2021

काठमाडौं, १० साउन । गायिका अर्चना बिष्ट ढकालको ’दन्ते कथामा’ बोलको गीत बजारमा आएको छ ।

7/24/2021

काठमाडौं, ९ साउन । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झा लाई नियुक्त गरेको छ ।

ट्रेन्डिङ