जनकपुरधाम, २२ साउन । समरस नेपाल नामक संगठनको नेतृत्वमा “संस्कृति रक्षा उद्घोष” कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम, २१ साउन । मधेश प्रदेशका मुक्त भएका हरवाचरवाहरुले प्रदेश सरकारसँग तथ्याङ्क सङ्कलन तथा परिचयपत्र वितरणका लागि माग गरेका छन् ।
काठमाडौं, २१ साउन । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई पूरा गर्न नवीन ढंगले काम गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, २१ साउन । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले महिलाको पहिचान बिबाहका आधारमा नभएर जन्मका आधारमा हुनुपर्ने बताएका छन् ।
काठमाडौं, २१ साउन । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र युएसएडको सहयोगमा नेपालमा कषिको रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने केमोनिक्स इन्टरनेशलनका प्रतिनिधिका बीचमा दुई पक्षीय सहकार्य गर्ने बारेमा विस्तृत छलफल भएको छ ।
काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी नेपालका नेता संजय यादव डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
महोत्तरी, २१ साउन । मटिहानी नगरपालिकाको सहयोगमा श्री राम माध्यमिक विद्यालय मटिहानी कक्षा ११ मा अध्ययनरत ७७ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
बारा, २१ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन् ।
काठमाडौँ, २० साउन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।
जनकपुरधाम, २० साउन । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक भारतको विहार राज्यको मधुबन्नी जिल्लाको शौराठमा सम्पन्न भएको छ ।
वीरगन्ज, २० साउन । नेपालका लागि नेपाली पार्टी वीरगन्ज नगर समितिको आयोजनामा वीरगंज नगर क्षेत्रका अगुवा कार्यकर्ता भेला एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
काठमाडौं, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र न्यायको माग गर्दै आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा भेटघाट भएको छ ।
काठमाण्डौँ, २० साउन । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने भएकी छिन् ।
काठमाडौं, २० साउन । स्वास्थ्य क्षेत्रमा व्याप्त भ्रष्टाचार सफाई गरेर जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ओम्नी काण्ड लगायतका भ्रष्टाचारका फाईल खोल्नु पर्ने वक्ताहरुले जोड दिएका छन् ।
सुनसरी, २० साउन । ईटहरी उपमहानगरपालिका–२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, १९ साउन । न्यायको माग गर्दै आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई सरकारले वार्तामा बोलाएको छ ।
वीरगन्ज, १९ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले एकजुट भएर काम गरे नेपाली कांग्रेसको अगाडि कुनै पार्टी टिक्न नसक्ने बताएका छन् ।
विराटनगर, १९ साउन । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको छ ।
बाँके, १९ साउन । नेपालगंज उपमहानगरपालिका–४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।