रौतहट, १३ साउन । ‘गौर हत्याकाण्ड’का पीडित परिवारले न्यायको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा आज धर्ना दिएका छन् । पूर्व घोषित कार्यक्रम अनुसार गौर हत्याकाण्ड पीडित संघर्ष समितिले धर्ना दिएको हो ।

कमलराज पौडेल देवकमल, बर्दिया, १३ साउन । पानीको आशामा आकाशतिर हेरेर पुरै असार महिना बिताएका बर्दियाका किसान अहिले पानी पर्दा आकाशतिर हेरेर खुसीले गदगद भएका छन् ।

काठमाडौं, १३ साउन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र यूएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवद्र्धन कार्यक्रमका प्रतिनिधि बीच मसुरोको उत्पादन बृद्धि र व्यावसायीकरणबारे छलफल भएको छ ।

काठमाडौं, १३ साउन । काठमाडौंस्थित भारतीय राजदूतावास र काठमाडौं युनिवर्सिटीको संयुक्त आयोजनामा दिगो इकोसिस्टमका लागि इन्जिनियरिङ्ग इनोभेसनसम्बन्धी सेमिनार उद्घाटन भएको छ ।

वीरगन्ज, १३ साउन । मिशन लाइफको एक भागको रूपमा भारतको महावाणिज्य दूतावास वीरगन्जले विशेष सप्ताहको आयोजना गरेको छ ।

काठमाडौं, १२ साउन । फ्रान्स सरकारले कोभ्याक्स सुविधा मार्फत कोभिड–१९ विरुद्धको ७०२,७०२ मात्रा फाइजर–बायोएनटेकको बाइभ्यालेन्ट खोप नेपाललाई प्रदान गरेर देशमा जारी कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गरेको छ।

सप्तरी, १२ साउन । हनुमाननगर कंकालीनी नगरपालिका–१० बस्ने १९ वर्षीय तिर्थ नारायण मण्डल मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, १२ साउन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरोहेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् ।

सर्लाही, १२ साउन । जिल्लाका विभिन्न पालिकाहरूमा स्रोत सुकेपछि पिउने पानीको हाहाकार भएको छ ।

महोत्तरी, ११ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी जस्ता ठुला घटनाको स्वच्छ, स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनामा संलग्न र दोषी कोही कसैलाई पनि नछोड्ने बताएका छन् ।

वीरगन्ज, ११ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण निर्माण गरी पर्साको ग्रामीण क्षेत्रमा समेत उद्योग कलकारखाना स्थापना गरिने बताएका छन् ।

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ ।

जनकपुरधाम, ११ साउन । प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौं, ११ साउन । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।

धनुषा, ११ साउन । जनक नन्दनी गाउँपालिका–३ महुवा ढालाबाट स्रोत नखुलेको करिब पाँच लाख रपैयाँसहित एक जना पक्राउ परेका छन् ।

बारा, ११ साउन । विभिन्न मिति र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी, ११ साउन । जिल्लाको मटिहानी नगरपालिकालाई सुखाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

कपिलवस्तु, १० साउन । स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

बाँके, १० साउन । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ३ सय ६९ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, १० साउन । गैरकानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुले प्रभु साहमाथि लगाएको आरोप प्रमाणित गर्न आम जनता पार्टीले खुल्ला चुनौती दिएको छ ।

काठमाडौं, १० साउन । राष्ट्रिय एकता अभियानले नेपाल–भारत सीमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

काठमाडौं, १० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् ।

रौतहट, ९ साउन । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गरिएको छ ।

ट्रेन्डिङ