रुपन्देही, १९ साउन । बुटवलमा आज शुक्रबारदेखि दुईदिने धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुन लागेको छ ।
कपिलवस्तु, १९ साउन । जिल्लामा लम्पी स्किन रोगले महामारीको रुप लिए पछि गाईवस्तुहरु धमाधम मर्न थालेका हुन् । गाईवस्तु एकाएक मर्न थालेपछि कृषक चिन्तित बनेका छन्।
रुपन्देही, १८ साउन । लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
नेपालगन्ज, १८ साउन । भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ ।
जनकपुरधाम, १८ साउन । अहिले देशभर नै डेंगु संक्रमण बढ्दै गएको छ । डेंगुको संक्रमणबाट अहिलेसम्म कैयौं नागरिकको ज्यानसमेत गइसकेको छ ।
सप्तरी, १८ साउन । सप्तरीको बोदे बर्साइन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सूत्रीय माग राख्दै किसान सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।
जनकपुरधाम, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिएका छन् ।
वीरगन्ज, १८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गरेका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया, १८ साउन । बर्दिया जिल्लाको ८ वटै पालिकाभित्र केही समय पहिलासम्म हुँदै आएको पारम्परिक जुनेलो खेती अहिले लोप हुने स्थितिमा छ ।
रौतहट, १७ साउन । गरुडा नगरपालिका–९ रघुनाथपुर बस्ने होशनारायण यादवको खेतमा जडान गरी राखेको पानी तान्ने पम्पीसेट चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, १७ साउन । औरही नगरपालिका–२ फुलबरीयास्थित उखु खेतबाट अवैध लागूऔषध गाँजा करिब ६० केजी बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
कलैया, १७ साउन । गौ हत्या र तस्करीबारे नेपालका लागि नेपाली पार्टी कलैया नगर समितिले बारा जिल्लाका सीडियो नवराज सापकोटालाई ज्ञापन–पत्र बुझाएको छ ।
रौतहट, १७ साउन । न्यायको माग गर्दै ‘गौर हत्याकाण्ड’का पीडितले शुरु गरेको धर्ना पाँचौ दिनमा पनि जारी नै छ । रौतहटको चन्द्रपुरमा उनीहरु पाँच दिनदेखी धर्नामा बसेका छन् ।
कैलाली, १७ साउन । कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, १६ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महोत्तरीको मटिहानी नगरपालिकामा मंगलबार ११० फिट लामो राष्ट्रिय झण्डाको उद्घाटन गरेका छन् ।
काठमाडौं, १६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डझले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् ।
काठमाडौं, १६ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई उत्कृष्ट एवं नमुना अनुसन्धानको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
कपिलवस्तु, १६ साउन । शिवराज नगरपालिका–६ धर्मनगरस्थित निर्माणाधिन गौरीशंकर सिमेन्ट कारखानामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
मोरङ, १६ साउन । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
विराटनगर, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।