काठमाडौं, २६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं, २४ साउन । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले एकत्रित आन्दोलनका लागि आह्वान गरेका छन् ।

काठमाडौं, २४ साउन । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट विकसित आलुका उन्नत प्रविधिले ईलाममा व्यापक लोकप्रियता पाइरहेका छन् ।

रुपन्देही, २४ साउन । जिल्लाको कोटहिमाई गाउँपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

बाँके, २४ साउन । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

कैलाली, २४ साउन । धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २४ साउन । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको छ ।

बर्दिया, २४ साउन । जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण दुवै पालिकाका एक सय ३१ घर डुबानमा परेका छन् ।

सर्लाही, २४ साउन । भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ भने मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

काठमाडौं, २४ साउन । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदैछ ।

काठमाडौं, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

कमल राज पौडेल देवकमल, बर्दिया, २३ साउन । धेरै जसो सामाजिक संजालमा लटरम्म फलेको र बजारमा महगो दाममा बिक्री भएको भिडियो देखेर उत्साही भएर “ड्रागन फल” खेती गरेका बर्दियाका किसानहरु भन्छन् ड्रागन फलको बजारीकरणको समस्याले गर्दा लागत मुल्यमा बेच्न गाह्रो भयो ।

धनुषा, २३ साउन । मिथिला नगरपालिका–२ आनन्दपुरस्थित बसी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

बाँके, २३ साउन । कोहलपुर नगरपालिका–१३ सिम्री बस्ने २८ वर्षीय लाल बहादुर पचलैयालाई एकनाले भरूवा बन्दुक र जरायोको सिङ १ जोडीसहित प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी(पश्चिम), २३ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहबीच नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

काठमाडौं, २३ साउन । नेपाल सरकार र गौरहत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा पाँचबुँदे सहमति भएको छ । सो सहमतिसँगै पीडितले जारी राखेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

रूपन्देही, २३ साउन । बुटवल उपमहानगरपालिका–११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका–९ बस्ने साहिल थापा मगरलाई पक्राउ गरिएको छ ।

बाँके, २३ साउन । नेपालगंज उपमहानगरपालिका–१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, २२ साउन । जिल्लाको तिलोत्तमा नगरपालिकामा लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

नेपालगन्ज, २२ साउन । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालयमै पुगेर औषधि वितरण सुरु गरिएको छ ।

जनकपुरधाम, २२ साउन । आगामी भदौ र असोजमा डेङ्गुको जोखिम वृद्धि हुने आकलन तथा विश्लेषणका आधारमा मधेश प्रदेश सरकारले डेङ्गु भाइरसवाहक लामखुट्टेका फुल मार्ने ‘लार्भिसाइट’ छर्कने निर्णय गरेको छ ।

जनकपुरधाम, २२ साउन । मधेश प्रदेशको कामकाजी भाषाको रुपमा मैथिली भाषालाई कार्यान्वयन गर्न प्रदेश सरकारलाई ज्ञापनपत्र र हस्ताक्षर सङ्कलन सहितको ब्यानर बुझाइएको छ ।

विराटनगर, २२ साउन । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई वारुणयन्त्र तथा पिकप भ्यान हस्तान्तरण गरेको छ ।

काठमाडौं, २२ साउन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको समन्वयमा हरेक हप्ता प्रकाशन भई सरोकारवालाहरुसमक्ष पुर्याउने गरेको कृषि मौसम सल्लाह बुलेटिनको लोकप्रियता बढ्दै गएको छ ।

काठमाडौं, २२ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिंचाइ सुविधाका लागि पूर्व–पश्चिम नहर निर्माणको आवश्यकता औल्याएका छन् ।

ट्रेन्डिङ