नेपालगन्ज, ३ भाद्र । बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् ।

रौतहट, ३ भाद्र । गुजरा नगरपालिका–८ सिमरा भवानिपुर जयराजपुर बस्ने जोगेन्द्र साहको छोरा ३ वर्षीय कृष्ण साहको घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

कैलाली, ३ भाद्र । जिल्लाको धनगढी उपमहानगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

पर्सा, ३ भाद्र । ठोरी गाउँपालिका–३ रामनगरस्थित सडकमा बा.८८ प ७४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विराटनगर, २ भाद्र । प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने बताएका छन् ।

विराटनगर, २ भाद्र । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेंगु नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

वीरगन्ज, २ भाद्र । नेपालका लागि नेपाली पार्टीका केन्द्रीय सचिव तुलसी पौडेलले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

काठमाडौं, २ भाद्र । महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

मोरङ, २ भाद्र । विराटनगर महानगरपालिका–९ बाटा रोडस्थित कपी उद्योगमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ ।

रूपन्देही, २ भाद्र । तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सडकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

कैलाली, २ भाद्र । धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

झापा, २ भाद्र । मेचीनगर नगरपालिका–८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, १ भाद्र । जनकपुरधामको शिक्षा क्षेत्रमा विशेष योगदान दिएका वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा निधन भएको छ ।

विराटनगर, १ भाद्र । कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ ।

रुपन्देही, १ भाद्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर समाचार लेख्न सञ्चार माध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् ।

बाँके, १ भाद्र । यात्रुवाहक बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको छ भने एउटा राँगा घाइते भएको छ ।

काठमाडौं, १ भाद्र । सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।

वीरगन्ज, १ भाद्र । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी फोहर फ्याँक्नेलाई जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

काठमाडौं, १ भाद्र । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् ।

धनुषा, १ भाद्र । मिथिला नगरपालिका–७ स्थित सडकमा प्र.१–०१–००१ च ८६३९ नम्बरको बलेरो पिकअप र प्र ०२–०२–००४ प २१९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोरङ, १ भाद्र । विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ४१ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया, १ भाद्र । वढैयाताल गाउँपालिका–१ सानोडाँफेमा शुक्रबार पतिले पत्नीको हत्या गरेका छन् ।

काठमाडौँ, ३२ साउन । नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरीको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

महोत्तरी, ३२ साउन । पिपरा गाउँपालिकामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज, ३२ साउन । नेपालगन्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ ।

ट्रेन्डिङ