विराटनगर, २९ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले शपथ ग्रहण गरेका छन् ।

काठमाडौं, २९ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव साताव्यापी भ्रमणका लागि जनवादी गणतन्त्र चीन जान लागेका छन् ।

सुनसरी, २९ साउन । केही दिनको लगातारको वर्षाका कारण सप्तकोशी नदीमा ३४ वर्ष यताकै उच्च पानी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

काठमाडौं, २९ साउन । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले मन्त्री पदको शपथ ग्रहण गरेकी छन् ।

कैलाली, २८ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका छन् ।

काठमाडौं, २८ साउन । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले सरकार विद्यार्थीहरूभन्दा बढी व्यापारीहरूसँग नजिक भएको आरोप लगाएका छन् ।

पर्सा, २८ साउन । वीरगंज महानगरपालिका–२२ मनिहारी बस्ने ४५ वर्षीया सुमन्ती देवीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

रौतहट, २८ साउन । देवाही गोनाही नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रुपन्देही, २८ साउन । हिन्दू धर्म र संस्कृतिमाथि प्रहार गरेको भन्दै समतामूलक समाज निर्माण महाअभियानले कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका जलाएको छ ।

काठमाडौं, २८ साउन । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।

मोरङ, २८ साउन । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

कैलाली, २८ साउन । गोदावरी नगरपालिका–८ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३ सय ४० मिलीग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी, २७ साउन । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बाँके, २७ साउन । नेपालगञ्जका उर्दू साहित्यकारहरूको सङ्गठन गुल्जार–ए– अदबले उर्दु भाषाको संरक्षण र संवर्द्धनका लागि शनिबार गुल्जार–ए–अदबले नेपालगञ्जमा मासिक उर्दू गजल गोष्ठीको आयोजना गरेको छ ।

विराटनगर, २७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अधिकारको सवालमा सबै आदिवासी जनजाति समुदाय एक हुनुपर्ने बताएका छन् ।

वीरगन्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्ज साइक्लिङ क्लबले १५ किलोमिटरको वीरगञ्ज कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न गरेको छ ।

कपिलवस्तु, २७ साउन । इरफान अहमद शेष नेतृत्वको राष्ट्रिय स्वराज पार्टीको कपिलवस्तु जिल्ला कार्यसमिति गठन भएको छ ।

काठमाडौं, २७ साउन । १७ वर्षअघि गौरमा भएको दुःखद घटना सुनियोजित वा कसैले योजना बनाएर भएको घटना थिएन । विभिन्न प्रतिवेदनहरुले पनि यसको पुष्टि गरिसकेको छ ।

रौतहट, २७ साउन । डेंगुका बिरामी बढ्दै गएपछि रौतहटको मौलापुर नगरपालिकाका महिला मेयर रीना साहले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेकी छन् ।

जनकपुरधाम, २६ साउन । मधेश प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले मधेश प्रदेशमा लेखापरिक्षण गर्न आउने कर्मचारीहरुले दोहोरो मानसिकताका साथ लेखा परिक्षण गर्ने गरेको बताएका छन् ।

काठमाडौँ, २६ साउन । १७ वर्षअघि भएको गौर हत्याकाण्डबारे सरकार र पीडितहरुबीच भएको सहमतिबारे जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार निकालेको विज्ञप्तिप्रति आम जनता पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

काठमाडौं, २६ साउन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बैज्ञानिकहरुले नेपालमा गोलभेडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका छन् ।

काठमाडौं, २६ साउन । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य गर्ने बारेमा छलफल भएको छ ।

काठमाडौं, २६ साउन । भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी)को १०औं समीक्षा बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौं, २६ साउन । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ट्रेन्डिङ