रौतहट, ७ भाद्र । जिल्लाको चन्द्रपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

सर्लाही, ७ भाद्र । कौडेना गाउँपालिका–२ लखनदेही पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ७ भाद्र । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गण्डकी प्रदेशमा बाँसखर्कको सुन्तला भनेर ब्राण्ड बनिसकेको सुन्तलाको जातमा केही बर्षको अनुसन्धान गरी सिफारिस गरेपछि व्यावसायिक उत्पादनको लागि उन्मोचन भएको छ ।

बारा, ७ भाद्र । जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सडकमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

झापा, ७ भाद्र । अर्जुनधारा नगरपालिका–९ बस्ने अमृत रेग्मीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

काठमाडौं, ६ भाद्र । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको संघीय संसदमा उपस्थित राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच दुई बुँदे सहमति भएको छ ।

मोरङ, ६ भाद्र । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर, ५ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा त्रुटि भएको बताएका छन् ।

काठमाडौं, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बाँके, ५ भाद्र । जिल्लाको कोहलपुर नगरपालिकाले गाई, भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

काठमाडौं, ५ भाद्र । नेपालको केरामा पानामा ओइलाउने रोगको नयाँ प्रजाति ‘टिआर ४’ फेला परेको छ । टिआर ४ प्रजाति नेपालमा पहिलोपटक फेला परेको हो । कैलालीको टिकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको छ ।

रौतहट, ५ भाद्र । रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तरगत ‘हाम्रो मौलापुर’ पुस्तक लागू गरेको हो ।

सर्लाही, ५ भाद्र । गोडैता नगरपालिका–८ बस्ने देव नारायण मिश्राको गोठ घरमा लामखुट्टे धपाउनको लागि बालेको आगो अचानक सल्किएर आगलागी भएको छ ।

मोरङ, ५ भाद्र । पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

काठमाडौँ, ४ भाद्र । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् ।

भरतपुर, ४ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन् ।

वीरगन्ज, ४ भाद्र । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ ।

विराटनगर, ४ भाद्र । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

नेपालगन्ज, ४ भाद्र । अविरल वर्षाका कारण जिल्लाको कोहलपुर नगरपालिका डुबानमा परेको छ ।

काठमाडौं, ४ भाद्र । भारतीय राजदूतावास काठमाडौंले नेपाल भारत पुस्तकालयमा ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न गरेको छ ।

सिमरा, ४ भाद्र । मधेश प्रदेशको बारा जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले प्रशिक्षण सँगै सीप बिकास गराई रोजगारीमा जोड्ने प्रकृया सुरु गरेको छ।

कैलाली, ४ भाद्र । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, ३ भाद्र । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिक्षा क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

जनकपुरधाम, ३ भाद्र । मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लाहरूमा रहेको मठ मन्दिरहरूमा झुलनोत्सव पर्व शुरु भएको छ ।

कपिलवस्तु, ३ भाद्र । भन्सार छली नेपाल भित्रिएको अवैध कपडासहितको सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रेन्डिङ