मोरङ, ११ भाद्र । धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, ११ भाद्र । बर्जु गाउँपालिका–६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बाँके, १० भाद । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राई साइकल (तीन पाङ्ग्रे हाते साइकल) वितरण गरेको छ ।
वीरगन्ज, १० भाद्र । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लामो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै जनतालाई त्यसको अनुभूति गराउन तर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् ।
काठमाडौं, १० भाद्र । आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी बैठक सोमबारदेखी काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ । सो बैठकबाट महत्वपूर्ण निर्णय हुने नेताहरु बताउँछन् ।
रौतहट, १० भाद्र । केही दिनदेखि लगातार परिरहेको भीषण वर्षाले पार्न सक्ने प्रभावको बारेमा आज मौलापुरको नगरप्रमुख रिना कुमारी साह लालबकैया नदीमा आएको बाढ़ीको निरीक्षण गरेकी छन् ।
काठमाडौं, १० भाद्र । राष्ट्रिय एकता अभियानले भाद्र २५ गतेदेखि सुरु गर्न लागेको ‘मेची महाकाली जनसंवाद–यात्रा’का तयारी तीव्र रुपमा सुरु भएको छ ।
वीरगन्ज, १० भाद्र । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्या काण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् ।
काठमाडौं, १० भाद्र । भक्तपुरस्थित रहेको डोलेशवर भिलेज रिसोर्टमा समतामूलक समाज निर्माण महाअभियानले समतामूलक समाज निर्माण सम्बन्धि एक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं, १० भाद्र । गाई–गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ ।
रूपन्देही, ९ भाद्र । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ कोठी पुलस्थित सडकमा भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.४ च २७२७ नम्बरको कारमा ईन्जिन तातिएर शनिबार बिहान आगलागी भएको छ ।
काठमाडौं, ९ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौँ, ९ भाद्र । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
विराटनगर, ९ भाद्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले जातीय सद्भाव बिथोलिने गरी कुनै पनि अभिव्यक्ति नदिन पार्टी नेतृत्वलाई आग्रह समेत गरेका छन् ।
सप्तरी, ९ भाद्र । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएका छन् भने खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ ।
नेपालगन्ज, ८ भाद्र । अबिरल वर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
मोरङ, ८ भाद्र । रंगेली नगरपालिका–२ मंगलवारेस्थित सडकमा को.१ ख २६२६ नम्बरको बस र को.२४ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
रूपन्देही, ८ भाद्र । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा सिंह निर्माण सेवा मार्माकार दार्चुलाले लिएको ठेक्कामा काम गर्दै आएका एक जनाको करेन्ट लागोर मृत्यु भएको छ ।
रूपन्देही, ८ भाद्र । बुटवल उपमहानगरपालिका–११ नारायणपथस्थित अनुप श्रेष्ठको अमुल डेरी एण्ड डेभरेज नेपाल प्रालिमा विद्युत सर्ट भई आगलागी भएको छ ।
झापा, ८ भाद्र । शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ७ भाद्र । नयाँबानेश्वरस्थित संघीय संसद भवन आगाडीबाट राष्ट्रिय एकता अभियानको अध्यक्ष विनय यादव लगायत सदस्यहरू पक्राउ परेका छन् ।
काठमाडौं, ७ भाद्र । समाजवादी मोर्चाअन्तर्गतको संयुक्त विद्यार्थी संगठनले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् ।
कपिलवस्तु, ७ भाद्र । वाणगंगा नगरपालिका–८ ढोडेकोलस्थित मोतिपुरको कुलोले बगाई सोही नगरपालिका मधुबन बस्ने ५० वर्षीया गुड्डी थारूको बिहीबार बिहान मृत्यु भएको छ ।