रुपन्देही, ९ साउन । नदीमा एक्कासी बढी आई नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
काठमाडौं, ९ साउन । चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरुलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
महोत्तरी, ९ साउन । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा पर्यटनको प्रचूर सम्भावना रहेको बताएका छन् ।
रौतहट, ९ साउन । मौलापुर नगरपालिका–५ क्याम्पस चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
कैलाली, ९ साउन । टीकापुर नगरपालिका–२ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, ९ साउन । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले जिल्ला भित्रका ८ वटै पालिकालाई गाई भैंसीमा देखा परेको लम्पी स्कीन रोग विरुद्धको भ्याक्सिन हस्तान्तरण गरेको छ ।
काठमाडौं, ९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।
काठमाडौं, ९ साउन । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिमण्डलले भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ ।
जनकपुरधाम, ८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धी समस्या समाधान गर्न संघीय र स्थानीय सरकारसित सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया, ८ साउन । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिनु पर्ने बर्दियाका धेरैजसो खेत यस बर्ष पर्यााप्त वर्षा नभएका कारण बाँझै छन् ।
काठमाडौं, ८ साउन । ‘मिशन २०८४’ मा लागेको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरूलाई प्रशिक्षित गरिरहेको छ ।
रुपन्देही, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन् ।
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
महोत्तरी, ७ साउन । प्रदेश प्रहरी गण धनुषामा कार्यरत प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवमाथि आक्रमण भएको छ ।
काठमाडौं, ७ साउन । छिमेकी मित्रराष्ट्र भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ ।
सप्तरी, ७ साउन । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, ६ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ‘गौर हत्याकाण्ड’का पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताएका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया, ६ साउन । बर्दिया जिल्लामा ५ सय भन्दा अधिक गाई भैसीमा लम्पी स्कीन सरुवा रोग देखा परेको छ ।
रौतहट, ६ साउन । चन्द्रपुर नगरपालिका–१० बडेर्वास्थित बाग्मती सिचाई आयोजनाको नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
रूपन्देही, ६ साउन । बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।