कैलाली, २ साउन । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय राजु चौधरीको मृत्यु भएको छ ।
सप्तरी, २ साउन । सुरुङ्गा नगरपालिका–५ कुशहा बजारस्थित राज कुमार साहको घरबाट अवैध रूपमा भारतबाट भन्सार छलि ल्याएको करिब १२ लाख ५७ हजार १ सय ५० रूपैयाँ बराबरका विभिन्न कपडा लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
बाँके, २ साउन । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, १ साउन । वन प्रबर्द्धन र वाताबरण संरक्षणका लागि बिरुवा वितरण सुरु भएको छ ।
काठमाडौं, १ साउन । राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिले नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्युरोमा उजुरी दिएको छ।
कमल राज पौडेल देवकमल, बर्दिया, १ साउन । बर्दिया जिल्लालाई दिसामुक्त क्षेत्र घोषणा गरे जस्तो नहोस् पूर्णखोप घोषणा भन्दै बर्दिया क्षेत्र न. १ बाट निर्वाचित संघीय सांसद सन्जय कुमार गौतमले चिन्ता व्यक्त गरेका छन् ।
रौतहट, १ साउन । गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै पीडितहरुले नारा–जुलुससहित प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपालगन्ज, १ साउन । बैङ्किङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् ।
काठमाडौं, १ साउन । आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपालले १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको भन्सार दाखिला गरेको छ ।
काठमाडौं, १ साउन । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ ।
काठमाडौं, ३१ असार । क्यान्सर रोगको उपचारका लागि अस्पतालको शय्यामा रहेका गणतन्त्रवादी नेता खेमराज भट्ट मायालुसँग मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले भेट गरेका छन् ।
जनकपुरधाम, ३१ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरेका छन् ।
कैलाली, ३१ असार । धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, ३१ असार । छिमेकी मित्रराष्ट्र भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
रुपन्देही, ३१ असार । रोहीणी गाउँपालिका–४ सेमरहवास्थित सडकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
कैलाली, ३१ असार । शनिबार राति १०ः०० बजे बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको छ ।
कमल राज पौडेल देव कमल, बर्दिया, ३१ असार । डिभिजन वन कार्यालय बर्दियाले जिल्लामा मानव र वन्यजन्तु बिचको द्वन्द व्यवस्थापनका लागि जाल, तार र इलेक्ट्रिक बार समेतको कार्यक्रम शुरु गरेको छ ।
चितवन, ३० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् ।
काठमाडौं, ३० असार । नेपाल सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । जसमा एक जना पनि मधेशी परेका छैनन् ।
सप्तरी, ३० असार । बिष्णुपुर गाउँपालिका–१ पर्साही बस्ने जयनारायण यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको छ ।