कपिलवस्तु, १९ मंसिर । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सबै मधेशी एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
रुपन्देही, १८ मंसिर । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले आगामी मङ्सिर २६ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।
काठमाडौं, १८ मंसिर । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत विखण्डनकारी नभई एउटा जिनियस तथा विद्वान व्यक्ति रहेको बताएका छन् ।
जनकपुरधाम, १७ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विकास निर्माणको क्रममा कानूनलाई बाधक नभई साधक बन्नु पर्ने बताएका छन् ।
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् ।
काठमाडौं, १७ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतविरुद्धको राज्य विप्लवको मुद्दामा छ/छ पटकसम्म तारिख दिएको सर्वोच्च अदालतले अन्ततः बन्दी प्रत्यक्षीकरणको रिट नै खारेज गरेको छ ।
जनकपुरधाम, १७ मंसिर । प्रदेश २ की प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले महिला स्वयम्सेविकाहरु उपेक्षामा परेको भन्दै प्रदेशसभालाई ध्यानाकर्षण गराएकी छन् ।
काठमाडौं, १६ मंसिर । मुलुक विखण्डनको अभियोगमा राज्य विप्लवको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज पनि हेर्दाहेर्दामै समय सकिएको छ ।
काठमाडौं, १६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महेन्द्र यादवले मधेशका पिछडावर्गहरु जागरुक नभएसम्म मधेशको मुक्ति सम्भव नरहेको दाबी गरेका छन् ।
काठमाडौं, १६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नेपालगन्ज, १६ मंसिर । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताएका छन् ।
काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
काठमाडौं, १६ मंसिर । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा नेपाल संवत ११३९ को उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पहिचानसहितको सङ्घीयता प्राप्तिका लागि संयुक्त आन्दोलन आवश्यक भएको बताए ।
वीरगंज, १५ मंसिर । हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले गद्दार नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमेको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।
काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् ।
काठमाडाँं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी÷एड्स सङ्क्रमितको उपचार कमी हुन नदिने बताएका छन् ।
सप्तरी, १४ मंसिर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजनीतिक सहमति, जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।
काठमाडौं, १४ मंसिर । भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताएका छन् ।
विराटनगर, १४ मंसर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने बताएका छन् ।
काठमाडौं, १४ मंसिर । मुलुकी अपराध (संहिता) ऐन, २०७४ लगायत कानूनी व्यवस्थासम्बन्धी गठित अध्ययन तथा सुझाव सिफारिश कार्यदलले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रतिवेदन बुझाएको छ ।
काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र टुभालुका सरकार प्रमुख (गभर्नर अफ जेनेरल) लावोका टाइना इटालेलीबीच शुक्रबार साँझ होटल सोल्टीमा भेटवार्ता भएको छ ।
विराटनगर, १४ मंसिर । आ“खा, कान तथा पुनस्र्थापना वर्तमान स्थिति र भविष्यका रणनीति सम्वन्धी एक दिने कार्य शाला गोष्टीलाई उद्घाटन गर्दै प्रमुख अतिथी सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवालाई कुनै पनि देशको सीमाले छेक्नु हु“दैन बताएका छन् ।
जनकपुरधाम, १४ मंसिर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा महिलाको पहुँच नभए सम्म महिला माथि हुँदै आएको हिंसा अन्त्य नहुने बताएका छन् ।
काठमाडौं, १४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका पूर्वसंयोजक महन्थ ठाकुरले संयोजक परिवर्तनप्रति आफ्नो कुनै आपत्ति नरहेको प्रष्ट्याएका छन् ।